Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

यी राशीका मानिसले यस्तो मन्त्र जपे हुनेछ धन लाभ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०७६
in विविध
0
यी राशीका मानिसले यस्तो मन्त्र जपे हुनेछ धन लाभ
356
SHARES
Share on FacebookShare on Twitter
हरेक मान्छेको एक चन्द्र राशी हुन्छ । र, हरेक चन्द्र राशीको एक स्वामी ग्रह हुन्छ । त्यस्तै हरेक ग्रहको एक इष्टदेव पनि हुन्छ । यदि हामीले आफ्नो इष्टदेवलाई प्रसन्न गर्‍यौँ भने व्यापारिक तथा वित्तिय समस्या अन्त्य हुन सक्छ ।

आउनुहोस्, आफ्नो राशीअनुसारको इष्टदेव र उनलाई प्रसन्न गर्ने मन्त्रबारे जानकारी राखौँ । जसले तपाईंको जीवनमा धन सम्बन्धी समस्याको अन्त्य होस् ।

मेष
मेष राशीको स्वामी मंगल ग्रह हो । जीवनमा आउने हरेक समस्या समाधानका लागि भगवान हनुमान जीको आराधना गर्ने हो भने तपाईंको लागि सहयोगी हुनेछ ।
मन्त्रः ‘ऊँ हनुमते नमः’ यो मन्त्र दैनिक गरेको खण्डमा आर्थिक तथा वित्तिय क्षेत्रमा तपाईंले लाभ प्राप्त गर्नु सक्नु हुनेछ ।

वृष

वृष राशीको स्वामी शुक्र ग्रहलाई मानिन्छ । वृष जातको धन सम्बन्धी सबै समस्या समाधानका लागि माता दुर्गाको पूजा गरेमा लाभदायक हुनेछ ।

मन्त्रः ‘ऊँ दुर्गादेव्ये नमः’ यो मन्त्र जाप गरेमा वित्तिय समस्या अन्त्य भएर जानेछ ।

मिथुन
मिथुन राशीको स्वामी ग्रह बुध हो । मिथुन राशी भएकाहरुले भगवान गणेशको पूजाआराधना गरेमा प्रसिद्धी प्राप्त गर्ने छन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र जाप गरेमा नोकरी तथा व्यवसायमा आएका समस्या दूर भएर जानेछन् ।

कर्कट
चन्द्र ग्रह कर्कट राशीको स्वामी हो । ज्योतिषअनुसार चन्द्रमामा भगवान शिवको राज रहेको हुन्छ । त्यसैले कर्कट राशी भएकाले धन सम्बन्धी लाभ प्राप्त गर्न भगवान शिवको पूजा गर्नुपर्दछ ।
मन्त्रः ‘ऊँ नमः शिवायः’ यो मन्त्र दैनिक जाप गरे फल प्राप्त हुनेछ ।

सिंह
सिंह राशीको स्वामी ग्रह सूर्य हो । सिंह राशी भएकाले भगवान सूर्यको पूजा गर्ने तथा हरेक बिहान सूर्यलाई अर्ग चढाएमा उर्जा प्राप्त हुनेछ ।
मन्त्रः ‘ऊँ सूर्याय नमः’ यो मन्त्र जाप गरे लाभ मिल्नेछ ।

कन्या
कन्या राशीको स्वामी बुध ग्रहलाई मानिन्छ । यस राशी भएकाले भगवान गणेशको पूजा गरेमा शीघ्र धन लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ गं गणपते नमः’ यो मन्त्र दैनिक बिहान बेलुका जाप गरेमा लाभ प्राप्त हुनेछ ।

तुला
तुला राशीको स्वामी शुक्र ग्रह हो । तुला राशी भएकाले देवी लक्ष्मीको पूजा गर्नुपर्दछ । लक्ष्मी त्यसै पनि धनकी देवी भएकाले देवी लक्ष्मीलाई प्रसन्न गरेको खण्डमा धन सम्बन्धी समस्याको समाधान हुनेछ ।
मन्त्रः ‘ऊँ महा लक्ष्म्यै नमः’ यो मन्त्रको जाप गरेमा लक्ष्मीको वृद्धि हुने विश्वास छ ।

वृक्षिक
वृक्षिक राशीको स्वामी ग्रह मंगललाई मानिन्छ । वृक्षिक राशी भएकाले भगवान हनुमानको पूजा गरे लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ हं हनुमते नमः’ यो मन्त्र जाप गरे शारीरिक पीडा तथा धन सम्बन्धीको पीडा अन्त्य भएर जाने मानिन्छ ।

धनु
धनु राशीले बृहस्पति ग्रहसँग सम्बन्ध राख्छ । धनु राशी भएकाहरुका लागि भगवान विष्णुको पूजाआजा शुभ हुनेछ ।
मन्त्रः ‘ऊँ श्री विष्णवे नमः’ यो मन्त्रको दैनिक जाप गरेमा व्यवसायमा लाभ प्राप्त हुनेछ ।

मकर
मकर राशीको स्वामी शनि ग्रहलाई मानिन्छ । शनि वा हनुमानको पूजा गरेमा मकर राशी भएकाले लाभ प्राप्त गर्नेछन् ।
मन्त्रः ‘ऊँ शम् शनिश्चराये नमः’ यो मन्त्र जाप गरेमा बाधाअड्चन हट्ने र सुख–शान्ति मिल्नेछ ।

कुम्भ
कुम्भ राशीको स्वामी ग्रह पनि शनि नै हो । शनिको गुरु भगवान शंकरलाई मानिन्छ । त्यसैले यस राशी भएकाले शनिका साथै भगवान शंकरको पनि पूजा गर्न आवश्यक छ ।
मन्त्रः ‘ऊँ महामृत्यंजय नमः’ यो मन्त्र हरेक दिन बिहान र बेलुका १०८ पटक जाप गरेमा सबै प्रकारको दुःख हट्ने छ ।

मीन
मीन राशीको स्वामी बृहस्पतिलाई मानिन्छ । यो राशी भएकाले भगवान नारायणको ध्यान तथा मन्त्र जप गरेमा धनसम्बन्धी समस्या हटेर जानेछ ।
मन्त्रः ‘ऊँ नारायण नमः एवं ऊँ गुरुवे नमः’ यी दुई मन्त्रको जाप गरेमा शुभ फल मिल्ने छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा
विविध

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

by रासस
साउन ११, २०८३
0

झापा : पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

साउन ८, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

झापामा ४० वर्षको भूमिहीन जीवनपछि १७ परिवारले पाए लालपुर्जा

साउन ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

साउन १२, २०८३
सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

साउन ११, २०८३
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.