Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा प्रधानमन्त्री ओलीको सन्देश – ‘घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ६, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीमा प्रधानमन्त्री ओलीको सन्देश – ‘घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल जेसीजको शनिबार इटहरीमा आयोजित ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

170
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालयमा देखिएको समस्या न्यूनीकरण गर्न बहस आवश्यक रहेको बताएका छन् ।

शनिबार इटहरीस्थित नेपाल जेसीजको आयोजनामा सुरू भएको ५१ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय वातावरण क्षेत्रमा समस्या आइरहेकोमा चिन्ता व्यक्त गरे ।

खासगरी वातावरणमा समस्या भइरहेपनि युवाहरूले यसको बहस नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरे । जेसीज सदस्यहरूले हिमालय समस्याका मुद्वा बहसमा आउन आवश्यक रहेको बताए ।

‘सबै कुरा चाहिने मानव जातिका लागि हो । हामीसँग हिमाल छ, हिमाल जोगाएन भने मौसम र वातावरण रहँदैन,’ ओलीले भने, ‘हिमालयका समस्याबारेका मुद्दा बहसमा आउन आवश्यक छ । धर्तीकै वातावरण रहेन भने के हुन्छ ? त्यसैले हाम्रो भविष्यप्रति सजगता हुनुपर्दछ ।’

उनले वातवावरणप्रति सजग हुनुपर्ने र समस्याको न्यूनीकरण गर्न अझै बहस आवश्यक रहेको बताए । उनले नेपालले समृद्वि हासिल गरिरहेको समेत बताए । प्रधानमन्त्री ओलीले युवाहरूमा असन्तुष्टि बढेको बताउँदै कहाँ के भएन भन्दापनि के हुुनपर्छ भन्ने सुझाव दिनसमेत आग्रह गरे ।

उनले एक फरक प्रसङ्गमा वर्तमान गठबन्धनको सरकार आगामी चुनावसम्मै जानेसमेत बताए । अबको डेढ वर्षपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनेसमेत उनले दोहोराए । ‘डेढ वर्षपछिको प्रधानमन्त्री देउवाजी नै हो, यसमा कुनै शङ्का छैन,’ उनले थपे ।

उनले युवाहरूलाई उत्प्रेरित गर्दै मानिसले आफूमा घमण्ड पाल्न नहुनेसमेत जिकिर गरे ।

‘आफूमा घमण्ड पस्न नदिनुहोस् घमण्ड पसिसकेपछि मान्छे मतिभ्रष्ट हुन्छ,’ उनले भने, ‘मानिसमा ज्ञान पनि छ, बुद्वि पनि छ । तर मति भएन भने मतिभ्रष्ट हुन्छ । त्यसैले मानिसमा मति हुनुपर्छ ।’

जेसीजले मर्यादित र शिष्टता सिकाउने गरेको भन्दै प्रशंसासमेत गरेका थिए । शनिबार नै ध्यान दिवस परेको स्मरण गर्दै प्रधानमन्त्री अ‍ोलीले मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक रहेकोसमेत बताए ।

‘मानिस शारीरिक सुगठनका लागि जिम जान्छ । तर, मानसिक सुगठन बनाउन योग, ध्यान आवश्यक छ,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जेसीजले युवा उमेरमा सक्षम बनाउन, उद्यमशीलताको विकास गर्न र रोजगारी बनाउन अभिप्रेरित गर्दछ । म प्रशंसा गर्न चाहन्छु । जेसीजले राम्रा कामको प्रकाश छरिरहेको छ ।’

उनले नेपालले समृद्वि हासिल गरिरहेकोसमेत बताए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, इटहरी उपमानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायतले बोल्दै युवाहरूलाई दक्ष र सक्षम बनाउन जेसीजको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । पछिल्लो समय युवाहरूमा निराशा देखिएको बताउँदै उनीहरूले युवाका लागि देशमै रोजगारीको अवसर हुनेसमेत दाबी गरे ।

खासगरी जेसीजले नेपथ्यमा बसेर नेतृत्व चुन्ने भन्दा पनि अग्रपंक्तिमा आएर सामाजिक काम गर्नुपर्ने वक्ताहरूले बताएका थिए ।

पछिल्लो समय आम मानिसमा निराशा छाएकाले राजनीतिक नेतृत्वमाथि हिलो छ्याप्ने काम भन्दापनि राष्ट्रको भविष्यको चिन्ता गर्दै युवाहरूले नयाँ योजना ल्याउनुपर्ने बताए । युवा विचार र चिन्तनले हुने कुरासमेत उदृत गरिएको थियो ।

पुस ८ गतेसम्म सञ्चालन हुने महाधिवेशनले सन् २०२५ का लागि राष्ट्रिय पदाधिकारीसमेत चयन गर्नेछ । महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार नेपालभरीका एक सय ७८ शाखाबाट जेसीज सदस्यहरू सहभागी छन् ।

महाधिवेशनमा कुल एक हजार दुई सय ४६ मतदाताले पुस ८ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । त्यसबाहेक अरू नेतृत्व विकासलगायतका विभिन्न तालिमहरू सञ्चालन हुने जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले बताए ।

सन् १९६४ मा डा. भेखबहादुर थापाले नेपाल जेसीजको स्थापना गरेसँगै यहाँ १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूले नेतृत्व विकास गर्दै आएका छन् ।

Tags: #केपी ओली#जेसीजकेपी शर्मा ओली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बेलकाका पहिरो पीडितलाई राहत
FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री...

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    917 shares
    Share 367 Tweet 229
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    270 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.