Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कृष्णभूषण बल प्रतिष्ठानद्वारा चार स्रष्टा पुरस्कृत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ५, २०८१
in कला साहित्य, समाचार
0
कृष्णभूषण बल प्रतिष्ठानद्वारा चार स्रष्टा पुरस्कृत
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पुरस्कृत गरेको हो । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यवाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कृष्णभूषण बलले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएको चर्चा गरे । उनले थोरै सिर्जना गरेर पनि बलले प्रसिद्धि कमाएको बताए ।

‘नेपाली साहित्यमा थोरै कृति लेखेर प्रसिद्धि कमाउने एक कृष्णभूषण बल हुनुहुन्छ । किन भने ‘भोलि बास्ने बिहान’ कवितासंग्रहमार्फत नेपाली कविता साहित्यमा उहाँ चर्चित हुनुभयो । त्यति मात्रै होइन उहाँले लेखेका कविताहरू विश्वविद्यालयस्तरका विभिन्न कोर्समा समेत पढाइ हुन्छ,’ मेयर कोइरालाले भने, ‘गुणात्मक र स्तरीय सिर्जना गर्न सक्यो भने थोरै लेखेर पनि प्रसिद्ध हुन सकिन्छ भन्ने कृष्णभूषण बल उदाहरण हो भन्ने मलाई लाग्छ ।’

मेयर कोइरालाले पञ्चायतकालमा पनि विद्रोही सिर्जना गर्नु निकै प्रशंसनीय कार्य भएको उल्लेख गरे ।

‘काठमाण्डू अब एक्लैले काठमाण्डू बोक्न सक्दैन’ कविता लेखेर बलले तत्कालीन शासन व्यवस्थालाई चुनौतीसमेत दिएको मेयर कोइरालाले बताए । सबै भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले पनि विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिँदै उनले भने, ‘त्यसलाई व्यवस्थित र संस्थागत गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा आख्यानकार कृष्ण धरावासी, महासचिव पोखरेल, साहित्यकार नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

कवि कृष्ण बराल, सीमा आभास, सुदीप पाख्रिन, रोशन परियारलगायतले बलले लेखेका कविता वाचन गरे । प्रतिष्ठानले हरेक वर्ष साहित्य विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको छ ।

Tags: #साहित्यकृष्णभूषण बलपुरस्कृत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

चाँडै खरानी घस (कविता)
FEATURE BREAKING

चाँडै खरानी घस (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

मेरा मित्र बढे घटे म कसरी बोलौँ यहाँ शानले मेरो कष्ट बुझेर साथ नदिने खोलाैँ सबै ज्ञानले साथीको भरमा रहेन...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    256 shares
    Share 102 Tweet 64
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    240 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.