इटहरी २० तरहराका दुईजना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ ।
एक साता अगाडि पोजेटिभ देखिएका दुईजनाको पुनः गरिएको पीसीआर परीक्षणको नतिजा नेगटिभ आएको वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एकजना विदेशबाट आएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो ।
अर्की एकजना भने वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सको रुपमा कार्यरत रहेको र उनको रिपोर्ट पनि नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।
यो सँगै इटहरी २० मा कोरोना जित्नेको संख्या तीन पुगेको छ ।
अब सक्रिय संक्रमित पाँचजना रहेका छन् ।














Discussion about this post