Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सप्तकोशी नदीमा २२ वटा डल्फिन रेकर्ड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८२
in टाकुरा विशेष, समाचार
0
सप्तकोशी नदीमा २२ वटा डल्फिन रेकर्ड
124
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सप्तकोशी नदीमा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । कोशी नदीमा जेठ १५ गतेखि १८ गतेसम्म गरिएको डल्फिन गणनामा २२ वटा डल्फिन रेकर्ड गरिएको हो ।

जसअनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला रेकर्ड गरिएको छ । यहाँ पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो । जहाँ १९ वटा डल्फिन गणना भएको थियो । २०२४ मा भने धेरै बाढी आएका कारण डल्फिन गणना गरिएको थिएन ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आज (बिहीवार) सार्वजनिक गर्दै कोशी नदीमा २२ वटा डल्फिन रहेको जनाएको हो । ‘बाढीको समयमा पानीको बहाव कम हुने क्षेत्रमा डल्फिन जान्छन्’, उनले भने, ‘कोशी ब्यारेजभन्दा माथिल्लो तटीय क्षेत्रमा डल्फिनले राम्ररी चहलपहल गर्न पाएका छैनन्। किनभने तल्लो तटीय क्षेत्रबाट माथिल्लो तटीय क्षेत्रमा आउने उपयुक्त संरचना छैन।’

कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा डल्फिन गणना गरिएको गौतमले जानकारी दिए ।

गणना कार्यमा १८ जनाभन्दा बढी स्वयंसेवक, गणक तथा विज्ञहरूको सहभागिता रहेको उनले बताए ।

डल्फिनको सिकार र तस्करी हुनबाट बचाउन पनि चुनौती रहेकाले यसबारे थप प्रशिक्षण एवम् जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार नेपालको पहिलो रामसार सूचीमा सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको कोशी नदी तथा आसपासको बाढी भू–भागमा डल्फिनसहित विभिन्न जलचर वन्यजन्तुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

‘हालै सम्पन्न चारदिने वैज्ञानिक गणनामा २२ वटा डल्फिन र ४३५ वटा जलचर वन्यजन्तुहरू रेकर्ड भएका छन्,’ यादवले भने, ‘डल्फिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारी जनावर हो, जुन संकटापन्न सूचीमा समेत पर्छ। चैत १५ देखि १८ गतेसम्म सम्पन्न गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा गरी २२ वटा डल्फिन भेटिएको छ ।’

सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ मा १९ वटा डल्फिनको गणना गरेको थियो ।

आरक्ष कार्यालयका अनुसार यसपटक गणनामा अन्य महत्वपूर्ण जलचर प्रजातिहरू पनि रेकर्ड भएका छन् । जसमा मगरगोही, विभिन्न प्रजातिका माछाहरू, कछुवा, विभिन्न किसिमका पानीचराहरू, स्याल, साङ्लो, वन बिरालो, पानीहाँस, गैंडा लगायतका वन्यजन्तुहरू समावेश छन् ।

नेपालमा डल्फिन मुख्यतः सप्तकोशी र कर्णाली नदी क्षेत्रमा पाइन्छ। हाल नेपालमा १०० भन्दा कम डल्फिन रहेको अनुमान गरिएको बताइएको छ ।

संरक्षणमा सुधार नभएमा भविष्यमा यसको अस्तित्व गम्भीर संकटमा पर्ने खतरा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

Tags: #कोशीटप्पुकोशीकोशी ब्यारेजटाकुरा विशेषडल्फिनसप्तकोशीसप्तकोसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको छ। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।...

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    515 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.