Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वरिष्ठ पत्रकार एवम् साहित्यकार कृष्णविनोद लम्सालसहित दुईजना सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८२
in समाचार
0
वरिष्ठ पत्रकार एवम् साहित्यकार कृष्णविनोद लम्सालसहित दुईजना सम्मानित
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : बालागुरु षडानन्द अधिकारीको १ सय ९१ औं जन्मजन्यतीका अवसरमा वरिष्ठ साहित्यकार एवम् पत्रकार कृष्णविनोद लम्सालसहित दुईजनालाई सम्मान गरिएको छ ।

आबाल ब्रम्हाचारी बालागुरु षडानन्द प्रतिष्ठान, विराटनगरले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्सालसहित समाजसेवी खेशरबहादर बस्नेतलाई सम्मान गरिएको हो ।

इटहरी निवासी लम्साललाई राजेन्द्रप्रसाद चापागाईंले स्थापना गरेको १४ हजार १ सय राशिको नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

५ दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय लम्साल नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षसमेत हुन् ।

लम्साल र बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष कोमलकृष्ण अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शिक्षा र समाज सुधारमा बालागुरु षडानन्दको योगदान अतुलनीय रहेको चर्चा गरे ।

उनको जीवनबाट समाजले पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।

‘बालागुरु षडानन्दका बारेमा धेरै किवदंन्तीहरू रहेका छन् । उहाँ रुमाल ओछ्याएर अरुण नदी तर्नुहुन्थ्यो रे, गर्मीमा आगो तापेर र जाडोमा चिसो ढुंगामा बसेर तपस्या गर्नुहुन्थ्यो भन्ने कुरा हामीले विभिन्न ग्रन्थमा पढेका छौं । यस हिसाबले बालागुरु एक चमत्कारी व्यक्ति हुनुहुन्थ्यो भन्ने मलाई लाग्दछ,’ कोइरालाले भने, ‘यससँगै शिक्षाको विकास, समाज सुधार, धर्मसंस्कृतिको रक्षा, जातीय विभेदविरुद्धको अभियानमा समेत बालागुरुको महत्वपूर्ण योगदान रहेको छ ।’

अहिले समाजसेवाका नाममा व्यापार भइरहेको बताउँदै मेयर कोइरालाले बालागुरुबाट समाजसेवा गर्नेहरूले पाठ सिक्नु जरुरी रहेको उल्लेख गरे ।

हाटबजार र गुठीको व्यवस्थासमेत बालागुरु षडानन्दले नै सुरुवात उनको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष कोमलकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बासुबहादुर बस्नेत, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, ज्येष्ठ नागरिक चन्द्रबहादुर बस्नेत, आयोजक संस्थाका सचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो), रमेशकुमार चापागाईं, प्रतिमा निरौला, सुदीप अधिकारी, पुष्पलता कोइरालालगायतले बालागुरु षडानन्द अधिकारी र सम्मानित व्यक्तिहरूका विषयमा चर्चा गरेका थिए ।

 

Tags: कृष्णविनोद लम्सालषडानन्दसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    368 shares
    Share 147 Tweet 92
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.