Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

डा. शेखर कोइरालालाई प्रश्न – ‘तपाईंको दृष्टिमा अबको नेपाल कस्तो हुनुपर्छ ?’ (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १४, २०८२
in अन्तर्वार्ता, टाकुरा विशेष, समाचार
0
डा. शेखर कोइरालालाई प्रश्न – ‘तपाईंको दृष्टिमा अबको नेपाल कस्तो हुनुपर्छ ?’ (अन्तर्वार्ता)
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न एजेण्डासहित उम्मेदवारहरुले चुनावी सभासँगै घरदैलो र भेटघाटलाई बाक्लो बनाएका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पनि चुनावी अभियानमा व्यस्त देखिएका छन् । मोरङ–६ मा मात्रै होइन देशैभर कांग्रेसप्रति मतदाताको आकर्षण बढेको कोइराला बताउँछन् । संविधान र लोकतन्त्रको रक्षाका लागि आसन्न चुनाव अत्यन्तै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

निकै सुझबुझका साथ मतदान गर्न कोइरालाले मतदाताहरुलाई आग्रह गरेका छन् । कोइरालाले सार्वजनिक गरेको अठोटपत्रसहित मोरङ–६ को विकास निर्माणलगायत विषयमा केन्द्रित रहेर उम्मेदवार कोइरालासँग गरिएको कुराकानीको सारसंक्षेप :

तपाईंले सार्वजनिक गर्नुभएको ८ बुँदे अठोट पत्रको मुख्य सार के हो ?

मेरो अठोट पत्र कुनै औपचारिक दस्तावेज मात्र होइन । यो मोरङ–६ र देशको भविष्यप्रतिको जिम्मेवारीबोध हो । यसमा पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण, उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, सुशासन, संविधान र लोकतन्त्रको रक्षा तथा युवामैत्री नीति समेटिएको छ । यो मेरो प्रतिबद्धता मात्र होइन, जनतासँगको वाचा पनि हो ।

मोरङ क्षेत्र नम्बर ६ को विकासका लागि तपाईंको पहिलो प्राथमिकता के हुनेछ ?

पहिलो प्राथमिकता पूर्वाधार र रोजगारी हो । सडक, खानेपानी, स्वास्थ्य चौकी, विद्यालयको स्तरोन्नति जस्ता आधारभूत काम तुरुन्तै अघि बढाइनेछ । साथै साना तथा मझौला उद्योगलाई प्रोत्साहन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने स्पष्ट योजना छ ।

मुलुकको आर्थिक विकासका लागि तपाईंले के फरक योजना अघि सार्नुभएको छ ?

उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी देश समृद्ध हुँदैन । कृषि, पर्यटन, ऊर्जा र साना उद्योगमा लगानी वृद्धि गर्नुपर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै पारदर्शी नीतिगत वातावरण सिर्जना गर्नु आवश्यक छ । आयातमा निर्भर अर्थतन्त्रलाई निर्यातमुखी बनाउने दीर्घकालीन रणनीति जरुरी छ ।

रोजगारी सिर्जनाका विषयमा तपाईंको ठोस योजना के छ ?

युवालाई सीप, प्रविधि र लगानीसँग जोड्नु नै समाधान हो । प्राविधिक शिक्षा विस्तार, स्टार्टअप कोष स्थापना र कृषि तथा उद्योगमा आधारित रोजगारी कार्यक्रम ल्याउने मेरो अठोट छ । विदेश पलायन रोक्न देशमै अवसर सिर्जना गर्नुपर्छ ।

मोरङ–६ लाई औद्योगिक केन्द्रका रूपमा विकास गर्ने कुरा गर्नुभएको छ । कसरी सम्भव छ ?

यो क्षेत्र ऐतिहासिक रूपमा औद्योगिक सम्भावना बोकेको भूगोल हो । लगानीमैत्री वातावरण, कर सहुलियत, सीपयुक्त जनशक्ति र पूर्वाधार विकासमार्फत निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ । उद्योग बढेपछि रोजगारी स्वतः सिर्जना हुन्छ, स्थानीय अर्थतन्त्र बलियो बन्छ ।

संविधान र लोकतन्त्रको रक्षा किन अहिले विशेष मुद्दा बनेको छ ?

संविधान केवल कागजको दस्तावेज होइन, जनआन्दोलनको बलिदानको परिणाम हो । लोकतन्त्र कमजोर भयो भने विकास सम्भव हुँदैन । अहिले विभिन्न कोणबाट संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाइँदैछ ।

त्यसैले संसदमा सशक्त आवाज आवश्यक छ, जसले संविधानको रक्षा मात्र होइन, यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरोस् । अधिकार, स्वतन्त्रता र समावेशिताको रक्षा गर्दै संस्थागत स्थायित्व कायम गर्नु अहिलेको आवश्यकता हो । यसका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिन्छ ।

‘अबको नेपाल’ तपाईंको दृष्टिमा कस्तो हुनुपर्छ ?

अबको नेपाल आत्मनिर्भर, समावेशी र अवसरयुक्त हुनुपर्छ । युवाले देशमै भविष्य देख्ने, किसानले उत्पादनको उचित मूल्य पाउने, श्रमिकले सम्मान पाउने र नागरिकले गुणस्तरीय सेवा पाउने नेपाल निर्माण गर्नुपर्छ ।

तपाईंको अठोट पत्र अन्य उम्मेदवारभन्दा कसरी फरक छ ?

मेरो प्रतिबद्धता भाषणमा सीमित छैन। विगतको अनुभव, नीति निर्माणमा संलग्नता र विकासप्रतिको स्पष्ट दृष्टिकोणले यसलाई कार्यान्वयनयोग्य बनाउँछ । जनताको विश्वास जितेर परिणाम दिने नेतृत्वको आवश्यकता छ ।

मोरङ–६ का युवालाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

तपाईंहरू नै परिवर्तनका वाहक हुनुहुन्छ । राजनीतिलाई दोष मात्र नदिनुहोस्, सक्रिय सहभागिता जनाउनुहोस् । म युवाको ऊर्जा र सिर्जनशीलतालाई नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

विदेश पलायन समाधान होइन । अवसर यहीं सिर्जना गर्नुपर्छ । सीप विकास, स्टार्टअप प्रोत्साहन, कृषि आधुनिकीकरण र सूचना प्रविधि क्षेत्रमा लगानीमार्फत युवालाई आफ्नै माटोमा भविष्य देखाउने प्रतिबद्धता मैले लिएको छु ।

घरदैलो अभियानमा जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु । जनतामा आशा छ, स्थिरता, विकास र इमानदार नेतृत्वको । त्यो विश्वासलाई परिणाममा बदल्नु मेरो दायित्व हो ।

घरदैलोमा नेता, कार्यकर्ताको उपस्थिति कस्तो पाउनु भएको छ ?

यतिबेला कांग्रेस चलायमान भएको छ । क्रियाशील सदस्यदेखि लिएर शुभेच्छुक र पार्टीका विभिन्न जिम्मेवारीमा रहेका साथीहरु अहोरात्र खट्नु भएको छ । भातृ संगठनहरु टोलदेखि वडाहुँदै पालिका र क्षेत्रसम्मै चलायमान भएका छन् । सबै साथीहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ ।

सबैको सक्रियताले परिणाम कांग्रेसको पक्षमा आउनेमा म ढुक्क छु । मोरङ–६ मा मात्रै होइन देशैभरि कांग्रेसप्रति आममतदाताको आशा र विश्वास रहेको पाएको छ ।

निर्वाचनप्रति मतदाता त त्यति उत्साहित छैनन् भन्ने आइरहेको छ नि ?

विशेष राजनीतिक परिस्थितिका कारण नेपालमा निर्वाचन हुन गइरहेको छ । यो निर्वाचनले मात्रै मुलुकलाई राजनैतिक निकास दिन्छ । संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा लान्छ । त्यसो भएकाले मतदाताले पनि परिस्थितिलाई बुझ्नु भएको छ । ५ वर्षका लागि म्यान्डेट दिएर सांसदहरुलाई निर्वाचित गरेर पठाएका थिए मतदाताले ।

परिस्थतिले गर्दा बीचमै निर्वाचन हुने अवस्था आयो । सुरुका दिनमा मतदातामा तपाईंले भनेजस्तै केही निराशा र अन्यौलको अवस्था थियो । अब त्यस्तो छैन । सबै मतदाताहरु फागुन २१ गतेलाई कुरेर बसेका छन् । असल जनप्रतिनिधि छनोट गर्न उनीहरु आतुर छन् ।

२०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको, २०६२/६३ को दोस्रो जनआन्दोलनको नेतृत्व गरेको, संविधान निर्माणमा नेतृत्व गरेको, संविधान जारी भएपछि तीनै तहको सफलतापूर्वक निर्वाचन गराएको, संघीयता र लोकतन्त्रलाई संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसप्रति मतदाताहरु आकर्षण बढ्दै गएको छ । कांग्रेसले मात्रै देशलाई निकास दिन सक्छ भन्ने कुरा आममतदाताले बुझिसक्नु भएको छ ।

अन्त्यमा, मतदातासँग तपाईंको मुख्य अपिल के हो ?

यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, भविष्यको दिशा तय गर्ने अवसर हो भन्ने मलाई लाग्दछ । मोरङ–६ को विकास, संविधानको रक्षा र समृद्ध नेपालको यात्रामा म तपाईंहरूको साथ, विश्वास र मतको अपेक्षा गर्छु । म वाचा होइन, काम गर्ने अठोटका साथ तपाईंहरूमाझ आएको छु ।

Tags: अन्तर्वार्ताटाकुरा विशेषशेखर कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.