Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुन भन्दै पित्तल दिएर धरानमा ठगी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०७७
in समाचार
0
धरान बजार आजदेखि खुल्ने
195
SHARES
Share on FacebookShare on Twitter

ठगी गर्ने समूहले धरानमा सुन भन्दै पित्तल दिएर एक महिलाको सक्कली सुनको बाला लिएर फरार भएका छन् ।

धरान १५ की कोकोनट हाउस नजिकैकी ५३ बर्षीया दिलमाया लिम्बुलाई तीन जनाले ठगी गरेको हो । ती युवाहरुले दिलमायाको हातमा भएको ३ तोला सुनको बाला लिएर भागेका छन् भने उनले बजारमा किनेको थर्मस र तरकारीको झोला पनि लगेको पीडित महिलाले जानकारी दिइन् ।

उनका अनुसार उनी विजुलीको बिल तिरेर फर्कदा आज दिउँसो यो घटना भएको हो । थर्मस र तरकारी पनि किनेर घर फर्कदै गर्दा बर्षा भएपछि उनी भानुचोकस्थित घण्टाघरमा ओत लागेकी थिइन् । त्यही बेला एक अपरिचित युवा आएर उनीसँग बोलेका थिए । ती युवाले आँफू धनकुटा पार्सल पुर्याउन जान लागेको भन्दै गाडी कति बेला आउछ भनेर ती महिलालाई सोधेका थिए । आफुले थाह छैन भन्ने जवाफ दिएको उनले बताइन् ।

लगत्तै अर्का एक व्यक्ति आएर ती युवासँग कुराकानी गरेको र आफुलाई तत्काल २ लाख रुपैया चाहिएको छ भन्दै कुरा गरेका थिए । उनले आफुसँग १० तोलाको सुन छ भन्दै देखाएको बताइन् । ‘मलाई २ लाख पैसा चाहियो भन्दै मसँग कुरा गर्ने केटालाई भन्यो । मसँग यो सामान मसँग छ, यो सामान लिनु भनेर सुन देखायो,’महिलाले भनिन्,‘उनीहरुले मलाई यो राखेर पैसा दिनुस् न भन्यो, मैले छैन भनेपछि हामी २ जना मिलेर किनौं न त भन्यो ।’

आफु किन्न नसक्ने भनेपछि ती दुवै युवाले बिक्री गर्न सहयोग गरे १ तोला सित्तैमा दिने प्रस्ताव गरेको ती महिलाले बताइन् । त्यसपछि, आफुले सुन नक्कली हो कि सक्कली हो भन्दा सुन पसलेलाई बोलाएर चेक गरौं भनेर दुवै युवाले भनेको पनि उनले सुनाइन् ।

‘अनि, एक जनाले फोन गरेर सुन पसलेलाई बोलाउछुँ भनेर फोन गर्यो, अर्को मान्छे आएर सामान हेरेर सक्कली सुन नै हो ९, १० तोला हुन्छ भन्यो,’ती महिलाले भनिन्,‘त्यसपछि तपाई यो सुन बोक्नुस् भनेर मेरो हातको बाला माग्यो ।’

ती महिलाले हातको बाला पनि दिइन् । त्यसपछि, सुन पसले भएर आएकोले राँगाचोकमा आफ्नो पसल भएकोले त्यहाँ जाउ भनेपछि उनीहरु हिडेर पुतलीलाइनतिर लागेका थिए । भानुचोकदेखि केही पश्चिम आचार्यलाइनतर्फ झर्ने बाटोमा पुगेपछि भने ३ जना नै फरार भएको ती महिलाले बताइन् ।

उनका अनुसार उनीहरुले बजारमा किनेको थर्मस र सब्जी भएको झोला पनि लिएर भागेका छन् । त्यसपछि सुन पसलमा पुगेर जाँच गर्दा ती युवाहरुले दिएको सामान सुन नभै पित्त भएको रहस्य खुल्यो । ती महिलाले वडा प्रहरी कार्यालयमा गएर उजुरी दिएकी छिन् ।

बसन्त बान्तवाले लेखेको यो समाचार क्लिक धरानबाट साभार गरिएको हो ।

Tags: #ठगी#धरान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटवाल भण्डारीले उम्मेदवारी दर्ता...

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा
समाचार

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

मोरङ : नागरिकता सिफारिस प्रक्रियामाथि नै प्रश्न उठ्ने गरी मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।...

दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३
राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३
पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

असार ११, २०८३
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३
राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.