सुनसरीको बराहक्षेत्र ५ जम्टोकी स्थित भित्री सडक खण्डमा चतराबाट पकलीतर्फ आउँदै गरेको को १ ख २८५४ न को माइक्रोले पैदलयात्रीलाई ठक्कर दिदाँ मृत्यु भएको छ ।
बाटोक्रस गर्दै गरेको पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ को हिरालाल चौधरीको मृत्यु भएको हो ।
ठक्करपछि गम्भीर घाईते भएका उनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटना गराउने माइक्रो चालक बराहक्षेत्र २ बस्ने बर्ष २८ को बम बहादुर चौहान प्रहरीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post