सुनसरीको कोशी गाउँपालिका ४ स्थित कोशी कटानमा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको खुलेको छ ।
बिहीबार दिउँसो ३ बजेतिर स्थानीय बिनोद यादवको कोशी कटान कुखुरा फर्ममा अचानक आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
आगलागीबाट पाँचवटा कुखुराको खोरका साथै खोर भित्र रहेका सयौं चल्लासमेत जलेर नष्ट भएको पीडितको भनाई छ ।
आगलागीलाई करिब एक घण्टापछि कोशी गाउँपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।













Discussion about this post