सुनसरीमा शान्तिपूर्ण बाहेकका आन्दोलनका कार्यक्रम संचालन गर्न नपाइने भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम सँगै विभिन्न दल र समूहले मुलुकभर आन्दोलन गरि रहँदा सुनसरी प्रशासनले जिल्लामा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गर्न र गराउन नपाइने भनेको छ ।
प्रशासनले सो समवन्धमा जिल्लाका प्रमुख दलबीच छलफल गरी सहमति समेत जुटाएको छ ।
सर्वपक्षीय बैठकको आयोजना गरेको सुनसरी प्रशासनले कुनै पनि आन्दोलनका कार्य गर्नु परे दलले त्यस अगावै सयम र स्थानको बारेमा जानकारी दिइनुपर्ने भनेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा दलीय प्रमुख तथा प्रतिनिधिबीच विभिन्न बुँदामा सहमति भएको छ ।
दलका प्रतिनिधि र प्रशासनबीच भएको छ बुँदे सहमतिमा आन्दोलन गर्दा सडकमा टायर नबाल्ने, तोडफोड नगर्ने, रेलिङ नभाँच्ने जस्ता निर्णय गरिएको छ ।













Discussion about this post