Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पाँच महिनामा ४ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १, २०७७
in विविध, समाचार
0
पाँच महिनामा ४ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
282
SHARES
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७-७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पु-याइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ११ दशमल ८ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि यस अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटे पनि मुलुकमा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढेसँगै रेमिट्यान्सको वृद्धिदर झन् बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूका अनुसार कोरोना महामारी पछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो ।

जसका कारण अहिले मुलुकको शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालु आवको बितेका पाँच महिनाको अवधिमा देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा २३ अर्ब ३० करोडले मात्र बचतमा रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा वार्षिक बिन्दुगत मूल्यवृद्धि २ दशमलव ९३ प्रतिशत झरेको थियो । गत आवको सोही अवधिमा मूल्यवृद्धि ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव २३ प्रतिशतमा कायम रहेको देखाएको छ । तर, बजारभाउ त्योभन्दा धेरैले बढेको देखिएको छ । खासगरी दैनिक उपभोग्य वस्तुको भाउ विगत केही महिनायता अस्वाभाविक रूपमा बढेको आम उपभोक्ताकर्मीले बताएका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने त्यो गतिमा मूल्य वृद्धि नभएको देखिएको हो । राष्ट्र बैंकले निकालेको मूल्यवृद्धिको तथ्यांकले बजार भाउलाई भने गिज्याइरहेको उपभोक्ता अधिकारकर्मीको दाबी छ । राष्ट्र बैंकको मूल्यवृद्धि गणाना गर्ने विधि फरक हुँदा वस्तु तथा सेवाको मूल्य जतिसुकै बढे पनि तथ्यांकले महसुस गर्न नसकेको उनीहरूको बुझाइ छ । यसले अहिले बजारमा अकासिएको मूल्य वृद्धिदर र राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा कुनै तालमेल नै नमिलेको अधिकांश उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

मधुजंग पाण्डेले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: #अर्थ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा
FEATURE BREAKING

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८३
0

इटहरी : गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक तालिममा प्रशिक्षकको काम दिलाउन पदको प्रभाव प्रयोग गरेको र त्यसबापतको रकम आफ्नै छोराको बैंक...

झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

तपाईँको भाग्य कस्तो रहला आजको दिन ? आजको राशिफल

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३
सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    758 shares
    Share 303 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.