सुनसरीको रामधुनी नगरपालिका ६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका ४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् ।
मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान उक्त खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post