Thursday, June 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

चारकोशेमा निर्माणाधीन ४ लेन सडकमा यस्तो किसिमको नयाँ अवधारणा थपियोस्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०७८
in विचार
0
चारकोशेमा निर्माणाधीन ४ लेन सडकमा यस्तो किसिमको नयाँ अवधारणा थपियोस्
2.9k
SHARES
Share on FacebookShare on Twitter

आवश्यकताले विकास माग्छ र विकासले सुविधा थप्नुपर्छ । विकास जनताका लागि हो । हो भने अबका विकासमा जन आकांक्षा पनि सामेल गरिनुपर्छ । विकसित देशहरुमा हामी अविकसित मुलुकका मान्छेले कल्पना गर्ने कुराहरु तिनीहरुका नागरिकलाई भौतिक रुपमै उपलब्ध गराईसकेका छन् ।

सन् १९९४ मा म जर्मनी पुगेको थिए । त्यो देशको उत्तर पश्चिम ग्रामीण क्षेत्रमा आफँै गाडी हाँकेर हामीलाई घुमाउँदै थिए सत्तरी वर्षीय एडल्फ राउ । राजमार्ग (अटोभान) होइन मध्यम खाले फोरलेन बाटो थियो । जंगल क्षेत्र थियो । एडल्फले गाडीको गति घटाएर दायाँ तर्फको कच्ची बाटोतर्फ गाडी हुले ।

कहाँ लगेका होलान् भन्ने लग्यो । एकैछिनमा उनले गाडी रोके । हामी गाडीबाट ओर्लियौं । त्यहाँ बस्ने सफा फलैँचा थिए, ट्वाइलेट थियो, फोहोर फ्याक्ने डस्टबिन थियो र पानीको प्रबन्ध थियो । त्यो निश्चित एरिया बाहेक सबै घनाजंगल थियो ।

हामी जस्तै अरु मान्छे पनि त्यहाँ गाडी रोकेर फलैँचामा बसेका थिए । कोही पानी पिउँदै थिए, कोही बोकेको खाजा खाँदै थिए । गाडीबाट ओलिएका नानीहरु खुल्ला ठाउँमा खेल्दै थिए । हामीले पनि बोकेको पानी खायौं, खाजा खायौं । पानीको बोतल र खाजा खाएका कागज डस्टबिनमा हाल्यौ र लघुशंका ग¥यौं, अनि गाडी चढेर अगाडि बढ्यौं ।

कृष्ण अधिकारी

त्यतिखेरै मनमा कल्पना आएको थियो, इटहरी–धरान बीचको चारकोशे जंङ्गल, मोरङको खानेपोखरी जंगल, निजगढ वा देउखुरी पश्चिमको जङ्गलमा पनि ठाउँ–ठाउँ यस्ता सुविधा भए कति रमाइलो हुन्थ्यो होला ?

यतिखेर इटहरीको तरहरा र धरानको तीनकुने बीचको करीब ८ किलोमिटर चारकोशे जङ्गलमा चारलेनको बाटो निर्माण भइरहेको छ । सरकारको सडक विभागले यो किसिमको अवधारणा राखेको छ वा छैन थाहा भएन ।

तर, निर्माण कम्पनीले काम गरेको हेर्दा चारलेनको बाटो बाहेक अरु निर्माणको आशा गर्ने अवस्था देखिदैन । त्यसैकारण नक्सासहित यो लेख लेखेर उपभोक्ताको जिज्ञासा जागृत गर्ने र सरकारसँग आग्रह गर्ने प्रयत्न गरिएको छ ।

दिनदिनै शहरी क्षेत्रमा गाडी पार्किङको समस्या बढ्दैछ । त्यसकारण, पछि बन्ने राजमार्गहरुका लागि पनि नजीर र नमूना हुनेगरी चारकोशे जङ्गलमा दुईवटा पार्किङको व्यवस्था गरियोस् ।

पानीपियाबाट प्रवेश गरेपछि ४/५ किलो मिटरमा पश्चिमतर्फ एउटा पार्किङ, स्थल र तीनकुनेबाट दक्षिण लागेपछि ४/५ किलो मिटरमा पूर्वतर्फ एउटा पार्किङस्थल बनाइयोस् । जसमा पार्किङ, फलैँचा, फोहर राख्ने डस्टबिन, ट्वाइलेट र पानीको प्रबन्ध गरियोस् । डस्टबिनको फोहर उठाउने र ट्वाइलेट सफा गर्ने काम तीन दिनमा एकपल्ट गरियोस् ।

त्यो सफाई कार्य इटहरीको क्षेत्रमा परेमा इटहरी उपमहानगरपालिका र धरानको क्षेत्रमा परेमा भने धरान उपमहानगरपालिकाले गर्ने प्रबन्ध गरियोस् ।

यसले गर्दा मान्छेहरु एकछिन शान्तसँग सुस्ताउन पाउँछन् र दुर्घटनामा पनि कमी आउँछ । यसलाई विकास मात्र भनिदैन । अग्रगामी विकास ठानिन्छ, यसतर्फ ध्यान पुगोस् ।

Tags: #६ लेन सडक#विचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नयाँ सरकारका चुनौतीका चाङ
टाकुरा विशेष

नयाँ सरकारका चुनौतीका चाङ

by कृष्ण अधिकारी
चैत्र १९, २०८२
0

मुलुकले परिवर्तनका सात चरण पार गरेको छ । २००७ सालको १०४ वर्षे राणा शासन हटाउने क्रान्तिले प्रथम र सबैभन्दा ठूलो...

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा
टाकुरा विशेष

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

by अर्जुन उप्रेती
फाल्गुन २७, २०८२
0

आठ हजार भन्दा अग्ला हिमालमा मृत्यु चुम्न पुगेका मानिसहरूको प्राण बचाउने र त्यो विकट र विषम अवस्थाबाट हिमाल आरोहीहरूको सकुशल...

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२
कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

कञ्चनजंघा : विश्वमा तेस्रो, नेपालको गौरव

पुस २६, २०८२

पुराना राजनीतिक दल, विचारधारामा आएको सङ्कट र अबको राजनीतिक निकास

पुस ५, २०८२
14 Peak अब नेपालमै

14 Peak अब नेपालमै

मंसिर २७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.