दशैँ भन्दा सबैभन्दा पहिले बुझिने कुरा भनेको मन लागेजस्तो खानु हो, तर दशैँलाई त्यतिमात्र बुझ्नु गलत हुन्छ ।
वर्तमान समयमा सहरिया वा सम्पन्न जीवनको कुरा गर्ने हो भने सधैँ दशैँ, सधैँ राम्रो लुगाकपडा, सधैँ मीठोमसिनो, सधैँ मासु, तरपनि दशैँलाई यतिमात्र देख्नु गलत हुन्छ । दशैँ मान्छेको श्रमसँग जोडिएको छ, कुलपितृसँग जोडिएको छ ।
दशैँ शक्तिसँग जोडिएको छ र दशैँ मान्यता र पारिवारिक सम्बन्धसँग जोडिएको छ ।
बिरामी हुने फूर्सद पनि पाउँदैन थिए मान्छेहरू बर्खाका दिनमा । माथिबाट पैह्रो खसेर मरिन्छ कि घर नै बगाएर लान्छ कि भन्ने त्रास हुन्थ्यो, वर्षादमा । खोलानाला बढेर आउजाउ बन्द हुन्थ्यो । नदीपारी दिएकी छोरी मरी कि, जिउँदै छ ? खबर आदानप्रदान हुँदैन थियो । चिठ्ठीपत्र आउँदैन थियो । जब भदौको भेल पछि मनसुनले बिदा लिन्थ्यो, आकाश उघ्रिदैँ जान्थ्यो, हिलो सुक्तै जान्थ्यो, नदीनाला घट्तै जान्थे, वारीपारीको खबर थाहा हुन थाल्थ्यो, हिमालहरू बिहानै बिहानै सुनका दाँत देखाएर हास्न थाल्थ्यो अनि मान्छेहरूको मनमा अब बाँचियो भन्ने अनुभूति जाग्थ्यो । त्यसैबैला दशैँ आउँथ्यो ।
साधन, प्रविधि र मनोरञ्जनका हिसाबले आज दशैँको बाहिरीस्वरूप फेरिएको छ । मनाउने शैली र तरिका फेरिएको छ तर दशैँको मूलस्वरूप उस्तै छ । कसैले दशैँलाई बोझको रूपमा व्याख्या गर्छन् तर मनाउँछन् । हुने खानेले दशैँलाई धेरै खर्चिलो बनाउँछन् ।
उनीहरूका लागि सहज हुन्छ । तर उनीहरूले बनाएको भड्किलो दशैँ सामान्य आय भएका मान्छेका लागि बोझिलो हुने गर्छ । यसैलाई आधार बनाएर हाम्रो मौलिक पर्व दशैँप्रति वितृष्णा जगाउन चाहनेहरू प्रहार गर्छन् ।
हाम्रो समाजका अपरिपक्व मस्तिष्कहरू त्यसैको पछि होहोरेमा दगुरेको पनि देखिन्छ । त्यसैकारण दशैँको महत्व र आवश्यकताको चित्रस्वरूप ५५/६० वर्ष पहिलेको दशैँ प्रस्तुत गर्दछु ।
महत्व र आवश्यकता
मान्छेको जीविका कठिन थियो । आयको बाटो भनेको बाख्रा, पाठा, सुँगुर, कुखुरा हो । शहर पु¥याउन सके कागती सुन्तला हो । भेडाको ऊन र राडीपाखी हो । लेकको जीवन झन् चुनौतीले डामेको हुने । यहाँ तराईमा ३ महिनामा मकै पाक्छ । तर लेकमा मकै पाक्न १०/१२ महिना लाग्छ । प्रकृतिको त्यो नियम हिजो पनि त्यही थियो र आज पनि त्यही छ ।
अन्न उब्जाउन धेरै दुःख गर्नुपथ्र्यो । र पनि वर्षभरी खानलाई धौधौ पर्ने, हिउँदका २/३ महिना फूर्सद हुन्थ्यो । त्यसमा पनि नुन बोक्न शहर जानुपर्ने, वर्षादका लागि दाउरा काट्नुपर्ने, अनि खोरिया फाँडेर मकै छर्न तयार पार्नु पर्ने । बाँकीका ८/९ महिना मकै उब्जाउन, धान उब्जाउन, कोदो र जुनेलो उब्जाउन र थन्क्याउन लाग्नुपर्ने । धमाधमले गर्दा दुख्न पनि पाइएन भन्थे मान्छेहरू ।
आजको सहरिया र सम्पन्न समाजले दशैँको महत्व बुझ्दैन । किनभने, उ सधैँ मीठो खान्छ, सधैँ राम्रो लगाउँछ र सधैँ मनोरञ्जन गर्छ । सधैँ माइत, मावल जान सक्छ र उसलाई सधैं प्राप्ति छ । दशैँको महत्व त्यसलाई हो, जसले अनिकाल भोगेको छ, जो भोको पेट रात काटेको छ । जो भरखरै कालको मुखबाट फिरेको छ र जो मनोरञ्जनबाट वञ्चित छ, त्यस्ता मान्छेका लागि हो दशैँ । त्यो समय त्यही दुरावस्था थियो र दशैँको महत्व थियो ।
अर्थात्, बिरामी हुने फूर्सद पनि पाउँदैन थिए मान्छेहरू बर्खाका दिनमा । माथिबाट पैह्रो खसेर मरिन्छ कि घर नै बगाएर लान्छ कि भन्ने त्रास हुन्थ्यो, वर्षादमा । खोलानाला बढेर आउजाउ बन्द हुन्थ्यो । नदीपारी दिएकी छोरी मरी कि, जिउँदै छ ? खबर आदानप्रदान हुँदैन थियो । चिठ्ठीपत्र आउँदैन थियो । जब भदौको भेल पछि मनसुनले बिदा लिन्थ्यो, आकाश उघ्रिदैँ जान्थ्यो, हिलो सुक्तै जान्थ्यो, नदीनाला घट्तै जान्थे, वारीपारीको खबर थाहा हुन थाल्थ्यो, हिमालहरू बिहानै बिहानै सुनका दाँत देखाएर हास्न थाल्थ्यो अनि मान्छेहरूको मनमा अब बाँचियो भन्ने अनुभूति जाग्थ्यो । त्यसैबैला दशैँ आउँथ्यो ।
दशैँ खसी हो, दशैँ नयाँ कपडा हो, टाढाटाढाबाट कमेरो र रातो माटो बोकेर घर पोत्नु हो । घरमात्र हैन परपरसम्म बाटो खनेर सफा बनाउनु पनि दशैँ हो, फलामका ज्यावल र हतियार आरमा सान लगाएर ल्याउनु दशैँ हो, तिनलाई दुर्गाका हतियार मानेर पूजा गर्नु दशैँ हो । चिउरा कुट्नु र केरा पकाउनु दशैँ हो ।
दशैँ के हो भनेर कसैले सोध्यो भने म अझै धेरै बताउन सक्छु । दशैँ शक्तिको उपासना हो, राक्षसरूपि मनोदशाको बध हो । मौलोमा मार हान्नु, बडाहरूको आशीर्वाद लिनु, पिङ् खेल्नु र मालसिरी धुन सुन्दै माइत, मावल जानु दशैँ हो ।
टार्ने पु¥याउनेका लागि दशैँ रमइलो भन्दा बोझ बढी हुनसक्छ । दशैँ त केटाकेटीको लागि हो । केटाकेटीको दशैँ चैत्र महिनाबाटै सुरु हुन्थ्यो । अभिभावकले दशैँका लागि तोकेको खसी हेर्थे र मनमनै खुसी हुन्थे । दशैँको खसी बलियो हुनुपर्छ भन्ने मान्यता हुन्थ्यो र परिवारका सबै त्यो खसीको हेरचाह गर्थे । बोटैको केराको घरी यो चाहिँ दशैँका लागि भनेर छुट्याइन्थ्यो, त्यसमा अर्को कौतुहलता जोडिन्थ्यो ।
आजको सहरिया र सम्पन्न समाजले दशैँको महत्व बुझ्दैन । किनभने, उ सधैँ मीठो खान्छ, सधैँ राम्रो लगाउँछ र सधैँ मनोरञ्जन गर्छ । सधैँ माइत, मावल जान सक्छ र उसलाई सधैं प्राप्ति छ । दशैँको महत्व त्यसलाई हो, जसले अनिकाल भोगेको छ, जो भोको पेट रात काटेको छ । जो भरखरै कालको मुखबाट फिरेको छ र जो मनोरञ्जनबाट वञ्चित छ, त्यस्ता मान्छेका लागि हो दशैँ । त्यो समय त्यही दुरावस्था थियो र दशैँको महत्व थियो ।
केटाकेटीका लागि दशैँका रमाइला आयामहरू
टार्ने पु¥याउनेका लागि दशैँ रमइलो भन्दा बोझ बढी हुनसक्छ । दशैँ त केटाकेटीको लागि हो । केटाकेटीको दशैँ चैत्र महिनाबाटै सुरु हुन्थ्यो । अभिभावकले दशैँका लागि तोकेको खसी हेर्थे र मनमनै खुसी हुन्थे । दशैँको खसी बलियो हुनुपर्छ भन्ने मान्यता हुन्थ्यो र परिवारका सबै त्यो खसीको हेरचाह गर्थे । बोटैको केराको घरी यो चाहिँ दशैँका लागि भनेर छुट्याइन्थ्यो, त्यसमा अर्को कौतुहलता जोडिन्थ्यो ।
सरसफाई र घर पोत्ने कुराले दशैँ अझ नजिक आएको अनुभूति दिलाउथ्यो, त्यसले अझ उत्साह थपिदिन्थ्यो । नयाँ कपडा किनेर सिलाउन दिनु, सिलाई सकियो कि सकिएन भनेर दिनैपिच्छे दर्जीको घरमा धाउनु, दुर्गा स्थापना गरेर जमरा राख्नु र नौ दिनसम्म चण्डी पाठ गर्नु, दगुर्दै गएर शिवालयमा फूलपाती भित्र्याएको हेर्नु छुट्टै रमाइलो हुन्थ्यो ।
बालबालिकालाई बाढी पहिरो वा वर्षादले धेरै प्रभाव पार्दैन । उनीहरू बाढीपहिरो, हावाहुण्डरीलाई पनि रमाइलो, मनोरञ्जनको रूपमा लिन्छन् ।
उनीहरू त्यसको क्षतिको आँकलन गर्न सक्तैनन् र अभिभावक भएकाहरू आँफूलाई पूर्ण सुरक्षित ठान्छन् अनि सबैथोकलाई रमाइलोको रूपमा लिन्छन् । सरसफाई र घर पोत्ने कुराले दशैँ अझ नजिक आएको अनुभूति दिलाउथ्यो, त्यसले अझ उत्साह थपिदिन्थ्यो ।
नयाँ कपडा किनेर सिलाउन दिनु, सिलाई सकियो कि सकिएन भनेर दिनैपिच्छे दर्जीको घरमा धाउनु, दुर्गा स्थापना गरेर जमरा राख्नु र नौ दिनसम्म चण्डी पाठ गर्नु, दगुर्दै गएर शिवालयमा फूलपाती भित्र्याएको हेर्नु छुट्टै रमाइलो हुन्थ्यो ।
मार हान्नु, मौलो पूजा गरेर राँगा ढालेको दृश्यको आँखाले फोटो खिच्ने र मनको हार्डडिस्कमा सेभ गर्ने गरिन्थ्यो । किनभने, फोटो खिच्ने प्रविधि पुगेको थिएन ।
निधारभरी राता टीका (सेता टीका लगाउने समुदाय पनि हुन्थे) र जमरा लगाएर मान्यजनको आशीर्वचन लिनु, मालसिरी धुन गाउँदै पिङ् मच्चाउनु दशैँको अझ विशिष्ट पक्ष हुन्थ्यो ।
दशैँको महिना असोज, कात्तिकको सफा र स्निग्ध मौसम, माइत, मावल जानेको लस्कर अनि भयावह वर्षादबाट बाँचेका आमा छोरीको हार्दिक भेट, हृदयस्पर्शी संवाद । दाजुभाइ, दिदीबहिनी बीचको अन्तर्घुलन, भनेर हैन दृश्यले वयान गथ्र्यो ।
अन्त्यमा,
आज दशैँको आशीर्वादमा धन, मान, स्वास्थ्य र ऐश्वर्य लाई प्राथमिकता दिइन्छ । त्यसबेला सन्तान फैलिउन् भन्ने कुरा प्राथमिकतामा पथ्र्यो । यसको कारण के थियो भने डाक्टर थिएनन् । औषधी उपचार थिएन, जन्मिएका धेरै नवजात शिशुहरूलाई बचाउन सकिदैँन थियो ।
जसका छोरा, उसको धन, जसका भैँसी, उसको वन भन्ने चलन थियो । त्यसैले होला दुर्गा भवानीसँग सन्तानले डाँडाकाडा ढाकुन्, दूवो फैलिएजस्तो फैलिउन्, केरा मौलाएजस्तो मौलाउन भन्ने आशिष मागिन्थ्यो ।
त्यसबेला जीवनको सुरक्षा थिएन, पेटभरी खान पाउने अवस्था थिएन । मनोरञ्जनका कुनै साधन थिएनन् त्यसैले दशैँ मान्छेको बाँच्ने आधार थियो । खानेलाउने मात्र हैन दशैँ कुलपितृ सम्झिने अवसर हो । शक्तिको उपासना गर्ने पर्व हो र नेपालीको मौलिक चाड र मौलिक परम्परा हो, दशैँ ।
त्यसैले समय बद्लियो भन्दै विदेशी संस्कृति अँगाल्नु आफ्नै इतिहासमाथि कुठाराघात गर्नु हो भन्ने कुरा वर्तमान पुस्ताले बुझ्न जरुरी छ । ।















Discussion about this post