इटहरीमा आज विहानै थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार भाद्र ७ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट आज विहान आएको हो ।
थपिएका संक्रमितहरु इटहरी ६ का १ जना ४६ बर्षीय पुरुष, इटहरी ९ का ३ जना, ५ बर्षीय बालक, ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् ।
त्यस्तै, इटहरी १० का १ जना, ३७ बर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २ जना, २८ र ३२ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका २ जना, ३२ र ३६ बर्षीय थुनुवा रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
त्यस्तै, कोरोना जित्नेको संख्या २८ पुगेको स्वास्थ्य शाखाले जनाएको छ ।














Discussion about this post