Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

निरन्तरको वर्षाले इटहरीका बस्तीमै पस्यो बाढी, केही ठाउँमा सवारी आवतजावतमा समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १४, २०७९
in टाकुरा विशेष, समाचार
0
निरन्तरको वर्षाले इटहरीका बस्तीमै पस्यो बाढी, केही ठाउँमा सवारी आवतजावतमा समस्या

तस्वीर : मनोेज चौधरी ।

971
SHARES
Share on FacebookShare on Twitter

इटहरी : निरन्तरको वर्षाले इटहरीका विभिन्न ठाउँका बस्तीमै बाढी पसेको छ । इटहरीको बूढीखोला, टेङ्ग्रा खोलामा पनि पानीको सतह बढेको छ ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराको जनसहयोग स्कुल लाइनमा बाढी पसेको छ । ‘सामान्य वर्षातमै यो ठाउँमा सधैँ बाढी पस्थ्यो,’ श्रेष्ठले भने, ‘आज त निरन्तर पानी पसेका कारण बाढी वस्तीमै पसेको छ ।’

उनका अनुसार पानीपियाबाट आउने खोला र तामाङ टोलपट्टीबाट चौतारी चौक हुँदै आउने खोलाका कारण पनि यो क्षेत्रमा बाढी पसेको हो ।

यस्तै, इटहरीको बूढीखोलामा पानीको सतह बढेको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिए । उनले टाकुरासँग भने, ‘निरन्तर पानी परेपछि बाढी त आइहाल्छ, तर अहिलेसम्म कतैपनि कटान भएको छैन ।’

उनका अनुसार इटहरी ३ को खोर्सानेखाप, सुनौलो बस्ती, इटहरी ४ को गैरीगाउँ लगायतका बस्तीमा पनि असर नगरेको भएपनि डुबान भने भएको छ । उनले भने, ‘बाढीले असर गरेको खबर अहिलेसम्म छैन, तर ड्रेनले गर्दा केहीकेही ठाउँमा डुबान भएको छ ।’

इटहरी ८ मा भने विराटनगर लाइनमा सडकमै बाढी पस्दा साना सवारीसाधन आवतजावत ठप्प छन् । स्थानीय मनोज चौधरीका अनुसार विराटनगरको साथी पेट्रोलपम्प भन्दा उत्तरबाटै सडकमा बाढी पसेका कारण साना सवारी साधन ठप्प भएका हुन् ।

‘साथी पेट्रोल पम्पको उत्तरबाट छिरेको बाढी कर कार्यालयभन्दा दक्षिणसम्म उस्तै छ,’ उनले टाकुरासँग भने, ‘सडकमै एक फिट, डेढ फिट र दुई फिटसम्म पानी जमेको छ, मोटरसाइकल, साइकल र सफारीको आवतजावत ठप्प छ ।’ उनका अनुसार ठूला सवारी साधन भने चलिरहेका छन् ।

यता, पानीपियामै विद्युतमा समस्या भएका कारण धरान क्षेत्रमा विद्युत अवरुद्व भएको धरानका मेयर हर्क साम्पाङले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तरहरा मास्तिर पानीपियामा विद्युत लाइनमा समस्या देखिएकाले मर्मत हुँदै गरेकाले लाइन नआएको जानकारी प्राप्त भएको छ ।’

इटहरीमा विशेषगरी वर्षेनी टेङ्ग्रा खोला, बूढीखोला, खेती खोलाले इटहरीका वडा नं. ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन् ।

यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।

उता मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ र झापाका अधिकांश स्थानहरूमा निरन्तर परेको वर्षातका कारण सर्तकता अपनाउन अपिल गरिएको छ । मेची, विरिङ, वक्राहा, लोहन्द्रा, बूढीखोला, सुनसरी खोला लगायत साना नदीहरूमा बाढीको जोखिम भएकाले सर्तकता अपनाउन अपिल गरिएको हो ।

Tags: #इटहरीटाकुरा विशेषडुबानबाढीवर्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    684 shares
    Share 274 Tweet 171
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    338 shares
    Share 135 Tweet 85
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.