Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी खानेपानीमा थोरै कर्मचारीबाटै गुणात्मक काम

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
चैत्र ७, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरी खानेपानीमा थोरै कर्मचारीबाटै गुणात्मक काम
247
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ९ का बीजेन्द्र पौडेलले इटहरी खानेपानीबाट पानी पिउँन थालेको दश वर्ष बित्यो ।

त्यसअघि उनको परिवारले कलको पानी प्रयोग गर्दै आएका थिए । खानेपानी जडान गरेसँगै उनको जीवनमा सहज भएको पौडेल अनुभूत गर्छन् । भन्छन्, ‘खानेपानी जडान गरेको दश वर्ष बित्यो, स्वच्छ पानीको प्रयोग गर्न पाउँदा स्वास्थ्य पनि सहज भएको अनुभूती हुन्छ ।’

उनले मासिक तीन देखि चार सय रुपैँयासम्म पानीको बिल तिरेपनि स्वच्छ खानेपानी प्रयोग गर्न पाउँदा मन दंग रहेको सुनाए ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।

इटहरी क्षेत्रमा स्वच्छ खानेपानी पिउँने उनीजस्तै १८ हजार बढी घरपरिवार रहेका छन् । पछिल्लो समय इटहरीमा खानेपानीको धारा जडान बृद्धि भएसँगै कलको पानी प्रयोग गर्नेको संख्या न्यून हुँदै गएको छ । धारा जडान गरेर स्वच्छ पानी प्रयोग गर्नेको संख्या समेत बढ्दै गएको छ ।

इटहरी ५ की सकुन्तला श्रेष्ठले खानेपानीको धारा जडान गरेको करीब १३ वर्ष बित्यो । उनले धारा जडान गरेपछि पिउँने पानी प्रयोगमा सहज भएको बताइन् ।

‘पहिला कलको पानीमा गन्ध आउँदा समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘धारा जडान गरेपछि पहाडको कुवाको पानीजस्तै मीठो पानी प्रयोग गरिरहेका छौँ ।’

उनले दिउँसोको समयमा कहिलेकाहीँ पानी नआउने हुँदा समस्या हुने गरेको उदृत गर्दै स्वच्छ पानी प्रयोग गरेबापत खानेपानी कार्यालयलाई मासिक पाँच देखि छ सय रुपैँयासम्म तिर्दै आएको सुनाइन् ।

‘केही वर्ष अगाडिसम्म इटहरी उपमहानगरपालिका कार्यालयमा गएर पानीको पैसा तिथ्र्यौँ, आजभोलि मोबाइल बैँकिङबाट तिर्दै आएका छौँ,’ पछिल्लो समय प्रविधिको प्रयोगले सहज भएको सम्झदैँ उनले भनिन्, ‘यसअघि घण्टौँसम्म लाइन बसेर रकम तिर्नुपर्ने बाध्यता हटेकाले पनि समयको बचत भएको छ ।’

खानेपानीको यो व्यवस्थापनमा यहाँका कर्मचारीहरुको तदारुकता मुख्य कारक मानिएको छ । ०५४ सालमा सातजना कर्मचारीबाट सुरु भएको इटहरी खानेपानीमा हाल ४२ जना कर्मचारी कार्यरत छन् । सेवा विस्तारसँगै कर्मचारीहरुको संख्यासमेत थप गर्नुपरेको शाखा प्रमुख राजु दंगालको दावी छ । दक्ष तथा निष्ठावान यीनै कर्मचारीहरुको कारण खानेपानीको सेवा प्रवाहलाई उपभोक्ताहरुले मन पराएका छन् ।

‘बस्ती बढेसँगै धारा जडान गर्नेको संख्या पनि बढ्दै गएको छ, र यो सँगै कर्मचारीहरुको संख्यासमेत थप भएको छ,’ दंगाल भन्छन्, ‘खानेपानी संस्थाले पनि कर्मचारीले न्यूनतम पारिश्रमिक पनि पाएकाले उपभोक्ताको सेवाका लागि कुनै सम्झौता गरेको अवस्था छैन ।’
खानेपानी कार्यालयले सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउँदै आएकाले कर्मचारीमा उत्साह सँगै काम गर्न प्रेरित गर्ने कार्यालयको दावी छ ।

शाखा प्रमुख दंगालका अनुसार स्थापना कालमा नेपाल सरकारले तोकेको एक हजार एक सय ४० रुपैँया तलव खाने कर्मचारीले हाल ४३ हजार ७७५ रुपैँया सम्म तलब बुझिरहेका छन् । त्यस समयमा कार्यालय सहयोगीको नौ सय ६० रुपैँया तलव थियो, हाल उनीहरुको २१ हजार ७५२ रुपैँया तलव रहेको दंगालले बताए ।

दंगालका अनुसार वर्षमा सार्वजनिक विदा तथा शनिबार पनि कार्यालयको सम्पूर्ण सेवामा खटिने कर्मचारीलाई सट्टा विदा र थप एक महिनाको अतिरिक्त पारिश्रमिक दिने गरेका कारण पनि यहाँ काम गर्ने कर्मचारीहरु खुशी छन् ।

‘सार्वजनिक विदा र शनिबार पनि कार्यालयको सम्पूर्ण सेवा सूचारु हुन्छ,’ उनले भने, ‘वर्षभरी सेवा दिएवापत कर्मचारीलाई वर्षमा १० दिन पशासनिक विदा, ३० दिन सट्टा विदा आलोपालो र एक महिनाको अतिरिक्त पारिश्रमिकको सुविधा रहेको छ ।’ पारिश्रमिक र सेवासुविधा राम्रो हुनुको मुख्य कारण खानेपानी संस्थाको आम्दानी हो ।

उनका अनुसार हाल इटहरीका कुल ३३ हजार ७९४ घरपरिवार मध्ये १८ हजार ४५१ घरपरिवारले स्वच्छ खानेपानी पिउँदै आएका छन् । उनीहरुबाट खानेपानी कार्यालयले मासिक ५० लाख रुपैँया संकलन गर्दै आएको शाखा प्रमुख दंगालले बताए । ‘एक घरधूरीबराबर प्रतिमहिना १८ युनिट सम्म औषतमा बिल उठ्ने गरेको छ,’ उनले सुनाए, ‘१८ युनिट भनेको कुल दुई सय ७० रुपैँया हो, यसै हिसाबबाट पानीको रकम संकलन भइरहेको छ ।’

अझ प्रविधिको प्रयोगले आम्दानी झन् बढाएको छ । अनलाइनबाटै पैसा तिर्नेको संख्या पनि बढिरहेको छ । बस्ती बढेसँगै धारा जडान गर्नेको संख्या बढिरहेको र यो सँगै उपभोक्ताले घरमै बसेर अनलाइनबाटै सेवा पनि पाइरहेको दंगालको भनाइ छ । ‘प्रविधिको प्रयोगले उपभोक्तामा सहज भएको छ,’ उनी भन्छन, ‘स्वच्छ पानी पिएबापत घरमै बसेर इसेवा, खल्ती र आइएमी पे लगायतका अनलाइन एप्लिकेशन मार्फत पैसा तिर्न सकिन्छ ।’

अनलाइनबाट नतिरेको अवस्थामा भने इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानी शाखा वा खानेपानी कार्यालयमा गएर पैसा तिर्न सकिने दंगालले बताए । दंगालका अनुसार हाल खानेपानीका कुल ग्राहकको ४० प्रतिशत उपभोक्ताले अनलाइनबाटै पैसा तिर्दै आएका छन् ।

तीन वर्ष अगाडिदेखि खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेसँगै उपभोक्तामा सहज अनुभूति भएको महसुस गरिएको इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाई बताउँछन् ।

‘यसअघि टाढा–टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘हामीले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएपछि उपभोक्तालाई निकै सहज भएको अनुभूति गरेका छौँ ।’

अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरिएको उनले सुनाए । खानेपानी कार्यालयका व्यवस्थापक हरि कटवालका अनुसार संस्थाले थोरै कर्मचारीहरुबाट गुणात्मक काम लिइरहेको छ । विश्व खानेपानी संस्थाका अनुसार एक हजार घरधूरी बराबर ४ जना कर्मचारी आवश्यक पर्दछ ।

तर, इटहरीमा एक हजार घरधूरी बराबर दुई जना मात्रै कर्मचारी परिचालन भएको कटुवाल बताउँछन् ।

स्थापना कालमा ७५ वटा धारा जडान भएको भएपनि अहिले बस्ती र घरधूरी बढेकाले धारा जडान गर्नेको संख्या पनि बढिरहेको उनले सुनाए । खानेपानी जति विस्तार भएपनि दक्ष र कामप्रति निष्ठावान कर्मचारीहरुले जस्तोसुकै चुनौतिलाई स्वीकार गर्ने कट्वालको दावी छ ।

‘हामीकहाँ दक्ष जनशक्ती र अनुभवी कर्मचारी भएकाले उपभोक्ताको माग अनुसार समस्या समाधान भइरहेको छ,’ कटवालले भने, ‘सार्वजनिक विदा र शनिबारका दिन पनि सबै सेवा सूचारु हुने हुँदा उपभोक्तालाई पनि सहज भइरहेको हामीले महसुस गरेका छौँ ।’

पछिल्लो समय इटहरी खानेपानीले उपभोक्ताको हितका निम्ति विभिन्न अभ्यास गर्दै आएको छ । यो सकारात्मक पक्ष हो । यसले इटहरीका धेरैजसो मानिसहरुलाई स्वच्छ खानेपानी पिउनका लागि अभिप्रेरित समेत गर्दछ ।

Tags: #इटहरीखानेपानी
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो
FEATURE BREAKING

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

by रासस
अशोज १६, २०८३
0

सुनसरी : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा...

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

धरानको खसी बजारमा चाडपर्वको चहलपहल, कारोबार बढ्यो

अशोज १६, २०८३
विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.