Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

स्थानीय तहमा समायोजित अधिकृतको गुनासो : संघको जुनियर अधिकृत आए हाकिम !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०७८
in विचार, विविध
0
जनता क्याम्पस प्रमुख र सहायक प्रमुख थुनिए

Takura_logo

408
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मुलुक संघीय संरचनामा गई सकेपश्चात् आम चासो बनेको विषय थियो – कर्मचारी व्यवस्थापन ।

यसरी संघीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्न बनेको तत्कालिन नेकपा सरकार कर्मचारी अध्यादेश २०७५ जारी भयो । र, यसको कर्मचारीस्तरबाट विरोध पनि भयो । तर, मन्त्रिषरिषद्ले प्रशासन सेवा सामान्य प्रशासन समूहको दरबन्दी बढाएसंगै विरोध एकाएक सेलायो ।

एकातर्फ कर्मचारी समायोजनमा पीडित बने प्रशासन सेवा, लेखा समूह र शिक्षा सेवा । जसमध्ये अधिकृत कर्मचारीहरु अझ बढी मारमा परेका छन् ।

समायोजनका बखत सानो समूहले गरेको विरोध कहिँ कतैबाट सम्बोधन भएन । बरु उल्टै मन्त्रालयबाट धम्कीपूर्ण सूचना जारी गरिए । अध्यादेशमा भएका रोज्नुपर्ने तह नरोजेमा जुनसुकै तहमा समायोजन गर्ने नियमलाई प्रकाश पारी पारी सूचना जारी गर्दै कर्मचारीलाई समायोजन फाराममा धेरै भन्दा धेरै तहहरु रोज्न बाध्य बनाइयो ।

यसबेला समायोजित भएका अधिकृत कर्मचारीहरुमध्ये गाउँपालिकामा समायोजन भएका अधिकृत कर्मचारीलाई आफूभन्दा जुनियर संघको अधिकृत हाकिम भएर आउने समस्याले पिरोल्न थालेको छ । यस्तो समस्या हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका रहेको छ ।

उक्त पालिकमा २०७४ सालमा खुला प्रतिस्पर्धाबाट लेखा अधिकृतमा स्थायी नियुक्ति भएकी लेखा अधिकृत सुमित्रा पौडेल अधिकृतस्तर सातौं तहमा समायोजन भइ दुई वर्षदेखि कार्यरत छिन् । सोही पालिकामा २०६९ सालमा शिक्षा सेवाको शाखा अधिकृत नियुक्ति भएका रामबहादुर तामाङ्ग समायोजन पश्चात अधिकृतस्तर आठौं तहमा कार्यरत छन् ।

तर, हाल उक्त पालिकामा २०७७।०३।०९ गते नायब सुब्बाबाट जेष्ठ तथा कार्यसम्पादनका आधारमा बढुवा भई अधिकृत भएका अधिकृत पर्शुराम थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८।०४।०१ को मितिमा प्रमुख प्रशासकीय अधिकृतको कामकाजका लागि पठाएको छ ।

यसरी समायोजनका बखत जुनियर अधिकृतलाई हाकिम बनाएर पठाउँदा कर्मचारीहरुको मनोबल कमजोर रहन जान्छ । सोही कारण संगठनलाई कर्मचारीले सोचेअनुरुप काम दिन कठीन हुन्छ ।

यो व्यवस्थाले आजको खरिदार पदको कर्मचारी, शाखा अधिकृतमा बढुवा भई हाकिम भएर आउने व्यवस्था हुनुले कर्मचारीहरुमा निरुत्साहन हुन्छ । कर्मचारीहरुको उपसचिव पदमा बढुवा हुने कुनै माध्यम नै छैन । र, संघमा दरबन्दी नै कम छ ।

मन्त्रालयको यो किसिमको व्यवहारले कर्मचारीहरु साँच्चै नै निरुत्साहित भएका छन् ।

(बास्तोला नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य हुन् ।)

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
विविध

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

by रासस
असार १३, २०८३
0

भोजपुर : पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत...

अनुदानमा धानको बीउ वितरण
विविध

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

by रासस
असार १३, २०८३
0

मोरङ : मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी...

पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

असार ११, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

छोराछोरी विद्यालयमा, आमा पनि विद्यार्थी : ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

असार १०, २०८३
बाँदर आतंकले रित्तिँदै भोजपुरका बस्ती

भोजपुर : गाउँपालिकाले बाँदरलाई बन्ध्याकरण गर्ने

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.