Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा ६ जना पुरुषद्दारा एक महिलामाथि जबरजस्ती करणी, गहना तथा नगद समेत लुटपाट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १७, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

1.4k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा ६ जना पुरुषहरुले एक महिलामाथि जबरजस्ती करणी गरेका छन् । ६ जनामध्ये पाँचजना १८ वर्षभन्दा कम उमेरका रहेको इटहरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार घटना असोज १५ गते शुक्रबार साँझ ७ बजेको हो ।

‘इटहरी ८ भूर्की भन्ने ठाउँमा इभिनिङ वाकमा हिँडिरहेकी ३० वर्षीया महिलामाथि जबरजस्ती करणीसँगै लुटपाट भएको थियो,’ डीएसपी केसीले टाकुरासँग फोन सम्पर्कमा भने, ‘पीडितको उजुरीका आधारमा हामीले पाँचजनालाई पक्राउ गरेका छौँ, एकजनाको खोजी कार्य भइरहेको छ ।’

उनका अनुसार ६ जनामध्ये पाँचजनालाई पक्राउ गरिएको छ भने एकजनाको खोजी कार्य भइरहेको छ । पक्राउ परेकामध्ये एकजनाको मात्रै प्रहरीले नाम सार्वजनिक गरेको छ, भने अन्य चारजनाको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा अन्दाजी २७ वर्षीय सुनिल चौधरी रहेका छन् । चौधरी इटहरी १४ घर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘अन्य सबै नाबालक रहेका कारण नाम, थर सार्वजनिक गरिएको छैन,’ डीएसपी केसीले टाकुरालाई भने, ‘जबरजस्ती गर्ने क्रममा नगद तथा गरगहना समेत लुटपाट भएको थियो, हामीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएका छौँ ।’

प्रहरीका अनुसार पीडित महिलालाई पुरुषहरूले सडक छेउको धान खेतमा लगेर जबरजस्ती करणी गरी घाँटीमा लगाएको सुनको सिक्री (दुई तोला, चार आना) तथा साथमा रहेको नगद तीन हजार समेत लुटपाट गरेका थिए ।

पक्राउ परेकाहरूविरुद्द सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जवर्जस्ती करणी सम्वन्धी कसुरमा पाँचदिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #इटहरी#इटहरी प्रहरी#पक्राउजबरजस्ती करणीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.