Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी आएर राजीव कोइरालाले भने, ‘पौडेल र कोइराला गुटको टन्सिल बढेको छ ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी आएर राजीव कोइरालाले भने, ‘पौडेल र कोइराला गुटको टन्सिल बढेको छ ?’
200
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश १ सरकारको विषयमा रामचन्द्र पौडेल र कोइराला पक्ष चुप भएको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सुनसरी कांग्रेसका सभापति समेत रहेका उनले प्रदेश १ सरकारको विषयमा पौडेल–कोइराला पक्ष चुप भएको बताएका हुन् ।

‘मैले कहिल्यै पनि कुनै मञ्चबाट केन्द्रीय नेतालाई गाली गरेको छैन,’ उनले भने, ‘हामी कतिवटा गुटमा छौँ भन्ने प्रष्ट थाहा छ, यो बेला पौडेल र कोइराला गुटको चैँ टन्सिल बढेको छ, पार्टीको विषयमा उहाँहरुलाई चिन्ता हुनुपर्दैन ?’ उनले प्रदेश सरकार निर्माण गर्ने क्रममा कांग्रेसको मुद्वाका विषयमा पौडेल र कोइराला पक्ष चुप रहेको आशय व्यक्त गरे ।

उनले प्रदेश १ मा ९३ सांसद रहेपनि दिनानुदिन पार्टी बढ्दै गएकाले आज देशमा कम्युनिष्टका कारण राजनीतिक अस्थिरता सृजना भएको बताए । ‘नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिएपनि आज कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बाध्यात्मक स्थिति भएको छ,’ उनले भने, ‘आज संविधान बनाउनेहरूलाई नै कांग्रेसले संविधान सिकाउनुपरेको छ ।’

उनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिले आफूहरूले संविधानको धारा सिकाउनुपर्ने दिन आएकाले एमाले बिनै पनि प्रदेश १ मा आफूहरुको बहुुमत पुग्ने दाबी गरे । उनका अनुसार कांग्रेसको २१, माओबादी केन्द्रको १६, जसपाका ३, राप्रपाका १ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्र्तगत मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का १ जना सांसद छन् ।

वर्तमान मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ । ती मध्ये नेकपा एकीकृत समाजबादीका सांसदले पनि कांग्रेससँगै गठबन्धन गर्ने भएकाले आफूहरुको बहुमत पुग्ने उनको दाबी छ । ‘अहिले पनि प्रदेशमा एमालेकै सरकार छ तर बहुमत पुग्छ कि पुग्दैन,’ उनले भने, ‘प्रदेश सरकार कसले बनाउने भन्ने विषय गठबन्धनको विषय हो ।’ एमाले बिना नै पनि आफूहरूको बहुमत पुग्ने कोइरालाले दाबी गरे ।

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सिताराम मेहताले पार्टीका निम्ति अहोरात्र खट्नेहरूलाई नै आज कांग्रेसले समेट्न नसकेकाले सबैलाई समेटेर लैजानुपर्ने बताए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नगेन्द्र चौधरीले पार्टी एकजुट हुनुपर्ने बताए । पार्टीमा निरन्तर लागेका मानिसहरूको मूल्यांकन हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष विजया कटवाल, कांग्रेस सुनसरी सचिवद्वय केदार भण्डारी, सुजेन्द्र तामाङ, कांग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल, धरान सभापति श्याम पोखरेल, नेविसंघ पूर्व केन्द्रीय उपसभापति तथा कोभिड अनुगमन समिति सुनसरी संयोजक विकास केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले पार्टीभित्रका तीक्तताहरूलाई मेट्दै जानूपर्नेमा जोड दिए । युनियन सुनसरी उपाध्यक्ष सञ्जीव वाग्लेले संयोजन गरेको कार्यक्रम सचिव विवेक भट्टराईले सञ्चालन गरेका थिए ।

 

Tags: # प्रेस युनियन#कांग्रेस#नेपाली कांग्रेस#प्रदेश १#प्रेस युनियन सुनसरीटाकुरा विशेषराजीव कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.