Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

६ लेन सडक : ठूला खाल्डाको कारण दुर्घटनाको जोखीम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
६ लेन सडक : ठूला खाल्डाको कारण दुर्घटनाको जोखीम

file foto

229
SHARES
Share on FacebookShare on Twitter

इटहरी

विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकमा रहेका ठूला–ठूला खाल्डा नपुर्दा दुर्घटनाको जोखीम बढ्दै गएको भएपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीय युवाहरुले बताएका छन् ।
इटहरीमा रहेको सोसियल रिकन्ड्रक्सन फाउण्डेशनका अध्यक्ष समेत रहेका स्थानीय समाजसेवी राम निरौलाका अनुसार इटहरीको विराटनगर लाईनका सडक र तरहरा देखि धरान सम्मका सडकका बीचमा ठूला खाल्डाहरु रहेको र यसले दैनिकजसो दुर्घटना हुँदै आएको छ । तर, यस बिषयमा स्थानीय सरकार र सडक विभागले चासो देखाएको पाईदैँन । ‘सडकमा खाल्डा मात्रै हैन, यहाँ धूलोका कारण वातावरण पनि प्रदुषण भएको छ,’ निरौलाले भने, ‘तर यसको दीर्घकालीन समाधान नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।’ निरौलाका अनुसार यहाँ रातमा मात्रै नभएर दिनमा समेत दुर्घटनाको जोखिम रहेको छ । ‘स्थानीय सरकार र सडक विभागका ठेकेदारको यसमा ध्यान जानु आवश्यक देखिन्छ,’ उनले भने ।
स्थानीय युवा नेता तथा ६ लेन सडक संघर्ष समितिका संयोजक समेत रहेका मदन चुडालले भने आँफूहरुले बारम्बार सडक विभागका आयोजना प्रमुख र सिडिओसँग छलफल गर्दै आएको बताए । ‘हामीले बारम्बार छलफल गर्र्दै आएका छौँ,’ उनले टाकुरासँग भने, ‘सडक फराकिलो बनाउँनका लागि दबाब दिईरहेका छौँ, सडकमा खाल्डाका कारण समस्या हुँदै आएको भएपनि यसमा सम्बन्धित निकायको चासो भएको पाईँदैन ।’ उनले इटहरी देखि तरहरा सम्मको सडकको चौडाईमा मापदण्ड अनुसार नै काम हुनुपर्ने र ८२ फुट नै कायम गर्नुपर्नेमा जोड दिए । ‘एउटै मापदण्ड हुनुपर्यो, सर्वसाधारणलाई अन्याय हुनु भएन,’ चुडाल भन्छन्, ‘स्थानीय सरकारले बिशेष चासो राख्नुपथ्र्यो विकासको कुरामा स्थानीय सरकार गम्भीर भएन ।’ उनले स्थानीय सरकारले काम नगरेको र दोष भने केन्द्रीय सरकारलाई जाने गरेको बताए । उनले भने, ‘खाल्डाखुल्डीमा राती दुर्घटना हुनसक्छ, यसमा सडक विभाग सु–सूचित हुनुपर्छ, खाल्डोको संकेत गर्नुपर्छ ।’ ६ लेन सडकको ढिलासुस्ती हुनु र सडकमा गहिरो खाल्डाहरु हुनु भनेको ठेक्का एउटाले लिने र काम अर्कैले गर्ने गरेको उनले खुलाए । ‘ठेक्का एउटाले लिन्छ, काम अर्कोले गरिराखेको अवस्था छ, पेटी ठेक्कामा दिईराखेको पाईन्छ, ’उनी भन्छन्, ‘यसमा जवाफदेही को हुने ? हामीले स्थानीय सरकार र सम्बंधित निकायलाई झकझकाइरहेका छौँ ।’ चुडालले सडकका खाल्डा तत्काल पुरिनुपर्ने र जनतालाई असर पुग्न नहुँने तर्क गरे । उता, सडक विभाग भने यस बिषयमा बेखबर रहेको छ ।

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.