इटहरी (डेस्क) : मोरङको लेटाङ नगरपालिका ५ मा भएको घटनामा मारिएकी महिला प्रहरीको हत्या गोली प्रहारबाट भएको देखिएको छ ।
गत चैत ६ गते हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । प्रहरीले उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको बताएको थियो । तर, पोस्टमार्टम गर्दा महिलाको शरीरमा गोली भेटिएको हो ।
स्थानीय शिक्षा विकास माबिका शिक्षक ५६ वर्षीय मनोज पौडेलले ६ कक्षामा अध्ययनरत १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै आन्दोलरत स्थानीयले धारिलो हतियार प्रहार गरेर हत्या भएको भनिएको थियो ।
तर, मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि काफ्लेका अनुसार शरीरमा गोली भेटिएपनि प्रहरीले गोली हान्ने व्यक्ति र हतियार बरामद गरेको छैन । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फाइयर आम इन्जुरी’ लेखिएको छ ।
प्रहरीले प्रयोग गर्ने हतियार र मृतकको शरीरबाट बरामद गोली ‘म्याच’ नभएको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनका अनुसार प्रदर्शनकारीबाटै गोली चलेको थियो । यद्यपि, प्रहरीले हतियार र गोली चलाउने व्यक्तिको पहिचान गर्न सकेको छैन ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६३ जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा पनि बुझाएको छ ।
१६ बालबालिका पनि प्रतिवादी रहेको घटनाको मुद्दामा तीन मुद्दा दर्ता गर्ने तयारी छ ।
पक्राउ परेकामध्ये १५ बालकलाई अभद्र व्यवहार, १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी छ । एक बालक विरूद्ध भने मङ्गलबार छुट्टै कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।
अदालतले थुनछेक बहसपछि बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको छ ।
होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षा विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन् ।
घटनाबारे शिक्षक र अभिभावक सहितको बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
यो पनि – लेटाङ घटनाबारे मन्त्री कार्कीले भने, ‘हिंसा भड्काउने जो कोहीलाई कारबाही हुन्छ’
यो पनि – आक्रमणमा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई शोक सलामी अर्पण
यो पनि – लेटाङ घटना अपडेट : पाँच जना पक्राउ














Discussion about this post