भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका ५ कावा खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका ७ का २० वर्षी जेवी राईको मृत्यु भएको हो ।
तीव्र गतिका कारण गएराति १० बजेतिर दुर्घटनामा परेको ट्याक्टर सडकबाट अन्दाजी दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post