इटहरी : सुनसरीको बर्जु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालय बर्जुका अनुसार नेकपा एमालेका उम्मेदवार जीवछकुमार रायले ७,८६१ मत ल्याएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रघुनन्दन चौधरीलाई ३८७ मतान्तरले पराजित गरेका हुन् । पराजित रघुनन्दन चौधरीले ७,४७४ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी ८,०४५ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार संगीताकुमारी रायले ७,२९९ मत प्राप्त गरिन् ।














Discussion about this post