इटहरी : युवा पुस्तालाई अध्यात्मिक बनाउने उदेश्यले ‘युवा राष्ट्र तथा आध्यात्मिक’ कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति कोसी क्षेत्र, इटहरीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै युवा पुस्तालाई अध्यात्मिक बनाउन प्रेरित गरेको हो ।
मानव धर्म सेवा समिति कोसी क्षेत्र प्रमुख महात्मा नन्दनी बाइजीका अनुसार युवा पुस्तालाई अध्यात्मिक बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उनका अनुसार कार्यक्रममा करीब डेढ सय युवाहरू उपस्थित थिए ।
इटहरीको विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार न्यूरोलोजिस्ट मोटिभेसनल स्पिकर डा. श्री जे.पी अग्रवाल वक्ताका रूपमा थिए ।



















Discussion about this post