झापा : प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमतबाटै प्रदेशको नामकरण गर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने योजना रहेको बताए ।
दलहरूबीच सहमति हुन नसके बहुमतबाटै भएपनि प्रदेशको नामकरण गर्न आँफू सकारात्मक रहेको उनको भनाइ छ ।
प्रदेश नं. १ बाहेकका सबै प्रदेशको नामकरण भइसकेको अवस्थामा अनिर्णयको बन्दी नबन्ने बताए ।














Discussion about this post