Saturday, October 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

रासस by रासस
अशोज २४, २०८३
in विविध, समाचार
0
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
49
SHARES
Share on FacebookShare on Twitter

झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकारवालाबिचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो ।

चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीको भनाइ थियो । हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्र चिया परीक्षण प्रयोगशाला रहेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा बनाएको पहिचान कायम राख्न गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । “चियाको गुणस्तर कायम राख्नु उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो । तयारी चियामा अखाद्य र बाह्य पदार्थको मिसावट रोक्न र खाद्य सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ,” उनले भने ।

उनले चियाको उत्पादनदेखि प्याकेजिङ र बजारसम्म गुणस्तर कायम राख्न सम्बन्धित निकाय, उद्योगी तथा व्यवसायीबिच समन्वय आवश्यक रहेको बताए।

अन्तरक्रियामा तयारी चियाको गुणस्तर, खाद्य सुरक्षा मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर तथा मापदण्ड विपरीत रङ वा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानुनअनुसार हुने दण्ड, जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ चिया उद्योग सञ्चालनमा छन् । गत आर्थिक वर्षमा झापामा नौ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो ।

जिल्लामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । त्यसमध्ये तीन हजार ६०० हेक्टरमा साना किसानले चिया खेती गर्दै आएका छन् भने करिब तीन हजार किसान यस क्षेत्रमा संलग्न छन् ।

कार्यक्रममा चियामा बाह्य पदार्थको मिसावट रोक्न, गुणस्तर सुधार गर्न तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन वितरण प्रणाली प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । मल वितरण प्रणालीलाई प्रभावकारी बनाउन बोर्डले प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

Tags: #झापाचिया
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार...

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन
समाचार

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

इटहरी : नेपालीहरूको प्रमुख चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन...

कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३
सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३
कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.