विराटनगर : प्रदेश १ को नामाकरण कोसी प्रदेश राखिएको भन्दै प्रदेशसभा विरोध प्रदर्शन भएको छ।
बुधबार (आज) बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको थियो ।
कोसी प्रदेशका लागि एमालेको प्रस्तावमा काग्रेसले समर्थन गरेको थियो भने माओवादीले पनि कोसी प्रदेशलाई मत दिएको छ ।
त्यसैगरी, एकीकृत समाजवादीले किराँत–लिम्बूवान–सगरमाथा नामको प्रस्तावलाई जनता समावादी पार्टी जसपाले समर्थन गरेको थियो । तर, यो नाम अस्वीकृत गर्दै कोसीको पक्षमा मात्रै छलफल भएको छ ।
प्रदेशको नामाकरण प्रस्ताव अघि र पछि विरोध हनसक्ने अनुमान लगाएर मोरङ जिल्ला प्रशासनले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।



















Discussion about this post