इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको पदस्थापन सम्पन्न भएको छ ।
नवनिर्वाचित निर्वाचित अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले पदाधिकारी समेत मनोनीत गरेका छन् ।
महासचिवमा विनोद पौडेल, उपाध्यक्षमा सविना कोइराला र विष्णु नारायण डाँगी, कोषाध्यक्ष सन्नी चौधरी, सचिवमा अशोक मोर र सिनेट रिजाललाई मनोनीत गरिएको छ ।
उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा भीमबहादुर पौडेलले अध्यक्षता गरेका थिए ।














Discussion about this post