सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ मा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार राति को ७ प ५६५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्जु गाउँपालिका–३ की ३६ वर्षीया चन्द्रकलादेबीको लडेर मृत्यु भएको हो ।
मोटरसाइकलबाट लडेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकी उनलाई मोटरसाइकल चालक श्रीमान सैलेन्द्र रायले उपचारको लागि कोसीअस्पताल विराटनगर लगेका थिए ।
मोटरसाइकल चालक उनका श्रीमानलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post