इटहरी : कोसी प्रदेश सरकार र पहिचान पक्षबीच पाँच बुँदे सहमति भएको छ। विराटनगरमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा विभिन्न पाँच बुँदामा सहमति जुटेको हो ।
प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्नुपर्ने पहिचान पक्षको मागमा प्रदेश सरकारले सहमति जनाएको छ ।
सहमतिअनुसार पहिचानका आधारमा पुनः नामांकन गर्न दुवै पक्षले पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, आन्दोलनकारीलाई लगाइएको मुद्दा फिर्ता लिने, पहिचान पक्षले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र अर्को वार्ता १० गतेभित्र सहमति भएको हो ।
वार्तामा सरकारी पक्षबाट कमलप्रसाद जबेगु, गणेशप्रसाद उप्रेती, प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त संघर्ष समितिबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई,दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बू, अर्जुन जमेली राई, डम्बर लाओती, पदम जवेगु र चन्द्रकुमार चौधरी छन् ।















Discussion about this post