Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

स्कुल थिएटरको १० औँ श्रृङ्खला (शब्द, तस्बिर र भिडिओमा हेर्नुहोस्)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८२
in कला साहित्य, समाचार
0
स्कुल थिएटरको १० औँ श्रृङ्खला (शब्द, तस्बिर र भिडिओमा हेर्नुहोस्)
247
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको छ । आइतबार र सोमबार गरी प्रदर्शन भएको स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको हो ।

नाटकमा सहभागी कलाकारहरूले ६ वटा नाटक प्रदर्शन गरे । पहिलो नाटक ‘चर्चै–चर्चा’ प्रदर्शन गरियो ।

समृद्धि दुलालले निर्देशन गरेको उक्त नाटक अदिति दाहालले सह–निर्देशन गरेकी छन् । सामाजिक सञ्जालको प्रयोग र त्यसबाट हुने खतराबारे नाटकमा उदृत गरियो । उक्त नाटकले वर्तमान समयको अवस्थाबारे चित्रण गरेको थियो ।

नाटकमा सुदा बस्नेत, साम्राज्ञ दाहाल, प्रयुष भट्टराई, डेमो पौडेल, आयांश नेपाल, सर्मपण पोख्रेल, अदिति दाहाल र समृद्धि दुलालले अभिनय गरेका छन् । सो नाटकलाई डेभिड विष्ट र रोशन आचार्यले मेन्टरको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी अर्को नाटक ‘दाँतको दुःख’ प्रस्तुत गरियो । जहाँ बालबालिकाको दाँत सम्बन्धी दुःखलाई चित्रण गरियो ।

श्रेया भट्टराईले निर्देशन गरेको नाटकमा स्पर्श राई, अशु नेपाल, आज्ञा कर्ण, काव्या चौलागाईं, काव्या साह, श्रद्धा दाहाल, सन्दर्भ पोख्रेल, प्रियन्स ढकाल, अन्वेष न्यौपाने, तपस्या तिम्सिना, आयुश्री घिमिरे, श्रीया भट्टराई, प्रसुश ओझा, विश्वजीत अग्रवाल र अनुरोध राईले अभियन गरेका छन् ।

उक्त नाटकलाई मेन्टरको रूपमा विपन कार्कीले भूमिका निर्वाह गरेका छन् ।

यसैगरी तेस्रो नाटक ‘छोरी’ प्रस्तुत गरियो । गरिब परिवारमा जन्मिनु, विद्यालय जानु र समाजले बाँचिरहेको जीवनभन्दा फरक भएर बाँच्दा हुने छोरीलाई गरिने अवहेलनाबारे सो नाटकमा चित्रण गरिएको छ ।

एउटा चिया पसलमा बसेर दिनभर अरूहरूको आलोचनामा समय खर्चने प्रवृत्तिबारे गहिरो सन्देश दिने प्रयास गरिएको छ । अन्त्यतिर भने तीनै छोरीले सरकारी सेवामा प्रवेश गरेपछि विगतमा आलोचना गर्नेहरूले नै उनलाई वाहवाही गर्छन् । जसले समाजको वास्तविक चित्रण गरेको छ ।

उक्त नाटकलाई रिदिमा कालाखेतीले निर्देशन गरेकी छन् भने संस्कृति दाहालले सह–निर्देशन गरेकी छन् ।

नाटकमा खुशी धमला, प्रार्थना निरौला, सुभिरा श्रेष्ठ, रोनक अग्रवाल, क्षरेयान्स पोख्रेल, आयुष्मा त्रिताल, आहाना योसा सुवेदी, रिदिमा कालाखेती, रिपेश पहाडी र संस्कृति दाहालले अभिनय गरेका छन् । उक्त नाटकलाई जैनव खानले मेन्टरको भूमिका निर्वाह गरेकी छन् ।

यसैगरी अर्को नाटक ‘ऐना’ प्रस्तुत गरियो । आफ्ना अभिभावकले गरेको कर्मलाई नै छोराछोरीले पनि पछ्याउने र सही कर्म गर्नका निम्ति अभिभावकलाई नै प्रेरित गर्ने किसिमको उक्त नाटक रहेको छ ।

सन्देशमूलक रहेको उक्त नाटकलाई सभ्यता किरातीले निर्देशन गरेकी छन् भने अभि पोखरेलले सह–निर्देशन गरेकी छन् ।

सो नाटकमा प्रत्युस थापा मगर, आक्रिश ढुंगाना, श्रीद्दि कट्वाल, आरजु तिमल्सिना, भाव्यश्री दाहाल, जया मगर, अभि पोखरेल र सभ्यता किरातीले अभिनय गरेका छन् । नाटकलाई सिपि राईले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

यस्तै, अर्को नाटक ‘उल्टो बाटो’ प्रस्तुत गरिएको छ । उक्त नाटकमा मकै पोल्ने आमाको कथालाई उदृत गरिएको छ ।

सडक किनारमा बसेर मकै पोल्दा नगरपालिकाले दिने हैरानी, ग्राहको बेवास्ता, आफ्नी बुहारीको अवहेलना, तिरस्कार सहँदै अन्त्यमा वृदाश्रममा पुगेर मृत्युवरण गर्नुपरेको कथालाई प्रस्तुत गरिएको छ ।

अग्रता बास्तोलाले निर्देश गरेको नाटकलाई कृषा भट्टराईले सह–निर्देशन गरेकी छन् ।

उक्त नाटकमा नुनुस्का घिमिरे, कृषा भट्टराई, रोशिका कालाखेती, दृश्य काफ्ले, भिजन घिमिरे, अन्सल चापागाईँ, काव्या जयन्ती, अग्रता बास्तोला र विशाल न्यौपाने खत्रीले अभिनय गरेका छन् ।

नाटकलाई स्वेता कार्की र हिमाल निरौलाले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

छैठौँ नाटक ‘रङ्ग’ प्रस्तुत गरियो । जहाँ विभिन्न रङ्गले जीवनमा प्रभाव पार्ने विषयलाई उदृत गरिएको छ ।

पूण्यका राईले निर्देशन गरेको नाटकलाई रिजन पोखरेलले सह–निर्देशन गरेका छन् । उक्त नाटकमा प्रपन्न भट्टराई, सिमान्त गुरुङ, अभया गुरागाईं, आशु अधिकारी, नृजा पौडेल, सफल भट्टराई, आर्यन घिमिरे, रिजन पोख्रेल, विषम पौडेल र पूण्यका राईले अभिनय गरेका छन् ।

नाटकलाई ललिता विश्वकर्माले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

१५ दिनसम्म चलेको नाट्य कार्यशालामा सहभागी सबै कलाकारहरू स्कुले विद्यार्थी छन् ।

विद्यालय छुट्टीको समयमा रचनात्मक काम गर्न र नाटकमा सहभागी हुन प्रेरित गर्ने उदेश्यले झण्डै १५ वर्षयता कलालय इटहरीले नाट्य प्रशिक्षण गरी नाटक प्रस्तुत गर्दै आएको छ ।

विकास श्रेष्ठ, प्रजल दुलाल र राजा श्रेष्ठले नाट्य प्रशिक्षण गराएका थिए । उनीहरू पनि यसअघि स्कुल थिएटरबाटै नाटकमा प्रवेश गरेका हुन् । आशिष पुरीको संयोजकत्वमा नाटक प्रस्तुत भएको हो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले नाटक गर्ने आम मान्छेमा काव्यको चेत हुनुपर्ने बताए ।

‘नाटक गर्ने सबै मानिसमा काव्यको चेत हुनुपर्छ । कविता बुझ्ने मानिसले अभिनय गरेको नाटक जीवन्त हुन्छ,’ पोखरेलले भने, ‘म ईश्वरलाई धन्यवाद भन्छु, सोनु र यी विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद दिन्छु ।’

खासगरी कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको नेतृत्वमा हरेक वर्ष स्कुल थिएटर सञ्चालन हुँदै आएको छ ।

भिडिओ

Tags: कलाकलालयथिएटरनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.