धनकुटा : सप्तकोशी उच्च बाँध परियोजनाको विषयमा शुक्रवार धनकुटामा भएको सर्वपक्षीय छलफल कार्यक्रम सम्पर्कबिहीन भएको छ ।
सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा भएपनि कुनै निष्कर्ष निस्किन नसकेको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको सभापतित्वमा सप्तकोशी उच्च बाँध विषय सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको हो ।
सर्वपक्षीय छलफलपछि सप्तकोशी उच्च बाँधविरुद्ध संघर्ष समितिका अध्यक्ष असीम राई र सचिव छत्रप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय छलफल सौहार्दतापूर्वक सम्पन्न भएको, तर सर्वपक्षीय छलफल कार्यक्रमले कुनै ठोस निष्कर्षमा नपुगिएको समस्त माथिलो तटीय क्षेत्रका पीडित आम सर्वसाधारणहरूमा सूचित गराउँदछौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय छलफल कार्यक्रममा गहन विषयवस्तुहरू उठाइएका, त्यस विषयवस्तुहरूलाई नजरअन्दाज नगर्न र सप्तकोशी उच्च बाँध राष्ट्रको, जनताको हितमा नभएको भन्दै उच्च बाँधको डिपिआरलाई तुरुन्त रोक्न, नरोकिए आम जनताद्वारा विद्रोह हुनसक्ने सर्वपक्षीय छलफल कार्यक्रममा प्रस्तुत गरिएको कुरासमेत आम जनताहरूलाई जानकारी गराउँदछौं ।’
साथै, छलफलमा उच्च बाँधविरूद्ध संघर्ष समिति छलफलमा मात्रै सहभागिता जनाउनका लागि हस्ताक्षर गरेको तर उक्त सहभागिताको हस्ताक्षरपश्चात् कुनैपनि निर्णय नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले उठान गरेिएका विषयमा साहनुभूति, चासो चिन्ता लिएर जुन ढंगले जनआवाजहरूलाई सम्बोधन गरेर मात्र आयोजना सञ्चालन गरिनुपर्ने जोड दिने राजनीतिक दलहरूलाई पनि धन्यवाद दिइएको छ ।















Discussion about this post