मोरङ : मोरङ जिल्ला कारागारमा राखिएका एक थुनुवाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।
पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको निधन भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिएका छन्।
ढुंगेलका अनुसार लिम्बू अभद्र व्यवहारसम्बन्धी मुद्दाका थुनुवा थिए। जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको १० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनलाई साउन १४ गते कारागार चलान गरिएको थियो।
उनीविरुद्धको मुद्दा हाल विचाराधीन अवस्थामा थियो।
मंगलबार राति श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि लिम्बूलाई राति ८ बजे विराटनगरस्थित कोशी अस्पताल पुर्याएर भर्ना गरिएको थियो।
उपचारकै क्रममा बुधबार बिहान १० बजे उनको मृत्यु भएको जेलर ढुंगेलले बताए। यससँगै साउनयता मोरङ कारागारमा ६ जनाको मृत्यु भइसकेको छ।













Discussion about this post