Saturday, April 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी–२० मा कांग्रेसको चुनावी भेला, राजीव कोइरालाको जितका लागि अभियान तीव्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १५, २०८२
in समाचार
0
इटहरी–२० मा कांग्रेसको चुनावी भेला, राजीव कोइरालाको जितका लागि अभियान तीव्र
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका–२० मा चुनावी भेला आयोजना गरिएएको छ।

कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य एवम् कांग्रेस सुनसरीका प्रचार–प्रसार संयोजक राजीव ढुंगानाले यस क्षेत्रमा कांग्रेसलाई जिताउन मतदाता उत्साहित भएको बताए।

खासगरी कोइराला वेदाग छविका रहेको उल्लेख गर्दै उनले कांग्रेसको जित भएमा मात्र सदनमा दर्विलो आवाज उठ्ने बताए। उनले हरेक टोल–टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट र संवादकै माध्यमबाट कांग्रेसको मजबुत परिणाम सुनिश्चित गर्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलकुमारी राई, कोशी प्रदेशका सदस्य सिजन गुरूङ, जिल्ला उपसभापति नगेशचन्द्र राई, नेविसंघका पूर्व केन्द्रीय उपसभापति विकास केसी, निवर्तमान क्षेत्रीय सभापति मणिराम श्रेष्ठ, क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवान, अग्रज नेता दिनेशचन्द्र गिरीलगायतले सम्बोधन गर्दै कांग्रेस एकढिक्का भएर पार्टीलाई जित दिलाउन लागिपरेको बताए।

इटहरी २० का सभापति अर्जुन बस्नेतले घरदैलो अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

भेलामा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. २ मा राजीव कोइरालालाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई सक्रिय रहन आह्वान गरेका थिए।

आयोजकका अनुसार भेलाले कार्यकर्तामा ऊर्जा थपेको छ।

शनिबार कांग्रेसले कोइरालाको जीत सुनिश्चित गर्न इटहरीका १० वडामा र्याली गर्ने तयारीसमेत गरेको जनाएको छ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसराजीव कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
FEATURE BREAKING

बीपी प्रतिष्ठानमा १३ बुँदे सुधार योजना लागू

by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८२
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन १३ बुँदे सुधार...

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ
समाचार

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८२
0

विराटनगर : सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, हर्क साम्पाङ भन्छन् – ‘महिला उम्मेदवार खडा गर्दैछौँ’

चैत्र २१, २०८२
तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

चैत्र २१, २०८२
इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

इटहरीका चन्द्र भण्डारीको सेवा : खुला आकाशमुनि निःशुल्क ‘ट्युसन’ कक्षा, विपन्न परिवारका बालबालिकालाई भरोसा

चैत्र २०, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा १६ हजार ८ सय प्रतिबन्धित क्याप्सुलसहित एक युवक पक्राउ

चैत्र २०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानमा १३ बुँदे सुधार योजना लागू

चैत्र २१, २०८२
यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

चैत्र २१, २०८२
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, हर्क साम्पाङ भन्छन् – ‘महिला उम्मेदवार खडा गर्दैछौँ’

चैत्र २१, २०८२
तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

चैत्र २१, २०८२

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    936 shares
    Share 374 Tweet 234
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    684 shares
    Share 274 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    214 shares
    Share 86 Tweet 54
  • यी हुन् सुनसरीका सरकारी कार्यालयबाट पक्राउ परेका १७ जना बिचौलिया

    194 shares
    Share 78 Tweet 49
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    178 shares
    Share 71 Tweet 45

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.