Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
in समाचार
0
कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ।

नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेसँगै सरकारको भविष्य अनिश्चित बनेको हो। यद्यपि, कांग्रेसले तत्काल सरकारबाट बाहिरिने निर्णय नगरी केन्द्रको निर्देशन पर्खने रणनीति अपनाएको छ।

बिहीबार बसेको कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरे पनि अन्तिम निर्णय गरेन।

बैठकले प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई केन्द्रीय नेतृत्वसँग समन्वय गरी आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएको छ।

कांग्रेस संसदीय दलका नेता थापाले एमालेसँगको सत्ता सहकार्य राजनीतिक रूपमा समाप्त भइसकेको स्पष्ट पारे। उनका अनुसार अब कांग्रेस एमालेसँग पुनः सहकार्य, नेकपासँग नयाँ गठबन्धन वा प्रतिपक्षमा बस्ने तीन विकल्पमाथि छलफल गरिरहेको छ।

कांग्रेस सरकारबाट बाहिरिने भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बलियो बनेको छ। त्यसपछि नयाँ सरकार गठन वा विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रदेशको राजनीति फेरि तरंगित बनेको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४० सांसद मात्रै रहेकाले कांग्रेसको समर्थन गुमेपछि सरकार टिकाउन अर्को दलको साथ अनिवार्य हुनेछ। यही कारण अहिले सत्ता समीकरणको केन्द्रमा नेकपा (माओवादी केन्द्र) देखिएको छ।

स्रोतका अनुसार एमाले र कांग्रेस दुवैले माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउन आन्तरिक संवाद तीव्र बनाएका छन्। नेकपाले लिने निर्णयले नै कोशी प्रदेशको आगामी सरकारको स्वरूप तय गर्ने अवस्था सिर्जना भएको छ।

यता कांग्रेसभित्र पनि नयाँ समीकरण बने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ। संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा आन्तरिक छलफल भइरहेको भए पनि त्यसबारे औपचारिक निर्णय भने भएको छैन।

हाल कार्की नेतृत्वको सरकारमा कांग्रेसका तर्फबाट पाँच मन्त्री सहभागी छन्।

सरकारमा कांग्रेसका तर्फबाट पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

उनीहरूलाई फिर्ता बोलाउने तयारी रहे पनि केन्द्रको संकेत नआएकाले निर्णय स्थगित गरिएको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले बताए।

कोशीको सत्ता निरन्तरताबारे अब केन्द्रबाट आउने राजनीतिक निर्णय नै निर्णायक हुने देखिएको उनी बताउँछन्।

उनका अनुसार केन्द्रबाट औपचारिक निर्णय आएपछि प्रदेशमा पुनः बैठक बसेर सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गर्नका लागि थापालाई जिम्मेवारी दिइएको छ।

‘बिहीबारको बैठकबाट ठ्याक्कै यसै गर्ने भन्ने निर्णय नहुँदा मन्त्रीलाई पनि फिर्ता नबोलाइएको हो,’ तामाङले भने, ‘अब राजनीतिक अवस्था हेरेर केन्द्रको निर्णयबाट समीकरण टुंगिन्छ।’

सुदूरपश्चिदेखि देखिएको प्रदेशहरूको सत्ता समीकरणमा कोशीको समस्या भने फरक रहेको उनको तर्क छ। कोशीमा चार वर्षयता पटक–पटक सरकार परिवर्तन हुँदै आएको छ।

यो पनि – कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

Tags: कोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    488 shares
    Share 195 Tweet 122
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.