Saturday, July 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भिजिट भिसा र एजेन्टको जालोमा युवा

रासस by रासस
साउन ८, २०८३
in विविध, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

झापा : वैदेशिक रोजगारीका क्रममा भएका ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी समस्या तथा उद्धारका गुनासा लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले विशेषगरी कुवेतलगायत मुलुकमा घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकताबारे जानकारी लिन नगरपालिकामा आउने गरेका छन् ।

“विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्,” भट्टराईले भने, “वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रमा आउने गरेका छन् ।”

उनका अनुसार पछिल्लो समय भिजिट भिसामा विदेश गएर काम गर्ने र सामाजिक सञ्जालमा देखिएका आकर्षक विज्ञापनको भरमा प्रक्रिया अघि बढाउने प्रवृत्ति बढेकाले ठगीका घटना पनि बढिरहेका छन् ।

विशेषगरी युरोप पठाइदिने भन्दै गरिने भ्रामक प्रचारका कारण धेरै युवा आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका छन् ।

“श्रम स्वीकृति लिएर मात्रै विदेश जानुपर्छ,” उनले भने, “श्रम स्वीकृतिबिना विदेश जाँदा कानुनी समस्या आउनुका साथै बिमा, सामाजिक सुरक्षा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाइने सुविधा पनि प्राप्त हुँदैन ।”

भट्टराईका अनुसार नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन, आवश्यक कागजात तयारी र अनलाइन प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी पर्दा आवश्यक समन्वय गर्ने तथा श्रमिकका एकाघरका परिवारमा घातक रोग लागेमा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न सहजीकरण गरिरहेको छ ।

 

Tags: #झापा#ठगी#वैदेशिक रोजगारी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा
समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२ गौरीगाउँबाट प्रहरीले भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। भरुवा बन्दुक पड्किएको आवाज...

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन
विविध

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

by टाकुरा न्यूज । इटहरी
साउन ८, २०८३
0

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३
द्वन्द्वकालमा नष्ट भएका साढे ३ सय हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण

झापामा ४० वर्षको भूमिहीन जीवनपछि १७ परिवारले पाए लालपुर्जा

साउन ८, २०८३
बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

साउन ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

पाँचथरमा भरुवा बन्दुक र गोलीसहित एक जना नियन्त्रणमा

साउन ८, २०८३
इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

इटहरीको सरकारी विद्यालयमै होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्यापन

साउन ८, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगरमा गोलाप्रथाबाट कर्मचारी सरुवा, वडा कार्यालयले मानेनन् महानगरको निर्णय

साउन ८, २०८३
झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

झापामा दुई महिने शिशुको डाइपरलाई लागूऔषध ओसारपसारको माध्यम बनाएपछि…

साउन ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    627 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.