Sunday, November 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०८३
in खेलकुद, समाचार
0
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी
61
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ ।

विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

विराटनगर–६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई छिटो, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ । लिग चरणका खेलहरू सुपर ६ (प्रति खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरका हुनेछन् ।

यो प्रतियोगिता क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तार (कर्पोरेट नेटवर्किङ)को साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए ।

प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको छ । खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू रहनेछन् ।

यस प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

देशभरका कर्पोरेट जगतलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्ने यस महाकुम्भमा सहभागिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जनाएको छ ।

Tags: #खेलकुद#विराटनगरक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ
पर्यावरण

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

by रासस
मंसिर ६, २०८३
0

सोलुखुम्बु : यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर ६, २०८३
0

इटहरी : जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार...

ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

मंसिर ६, २०८३
संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

संघीयतापछिको विराटनगरको एक दशक : विकास र नेतृत्वको दस्तावेज सार्वजनिक

मंसिर ६, २०८३
त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

त्रियुगा–१३ बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने

मंसिर ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

चिसोले छोटिँदै पर्यटकको खुम्बु बसाइ

मंसिर ६, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी पक्राउ

मंसिर ६, २०८३
ताप्लेजुङस्थित पाथीभरा मन्दिरकाे सजावट

पाथीभरा दर्शनमा बढ्यो चाप, एक महिनामै ५० लाख भेटी

मंसिर ६, २०८३
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र बनिसक्ने

मंसिर ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1114 shares
    Share 446 Tweet 279
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.