इटहरी : इटहरी–९ स्थित हेयर एन्ड स्किन केयर लेजर हस्पिटलले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ।
तीज विशेष भिडियो प्रतियोगिताका उत्कृष्ट प्रतियोगीलाई कार्यक्रममा सम्मान गरिएको हो। प्रथम सन्ध्या चोम्वाङलाई नगद ५० हजारसहित उपहार तथा उपचार सेवा, दोस्रो साधना काफ्लेलाई नगद २५ हजारसहित उपहार तथा उपचार सेवा र तेस्रो दिलासा कुमारी चौधरीलाई नगद १५ हजारसहित उपहार तथा उपचार सेवा प्रदान गरियो।
अन्य २० प्रतियोगी तथा नियमित सेवाग्राहीलाई पनि सम्मान गरिएको थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुमन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धनकेशर खड्का प्रमुख अतिथि थिए।
उनले आधुनिक प्रविधि र दक्ष जनशक्तिसहित सञ्चालनमा आएको अस्पताल इटहरीवासीका लागि महत्वपूर्ण रहेको बताए।
पराजुलीले छाला, कपाल, नङ तथा सौन्दर्यसम्बन्धी विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्य रहेको बताए।
कार्यक्रममा सांस्कृतिक तथा नृत्य प्रस्तुतिसमेत गरिएको थियो।

















Discussion about this post