Friday, October 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
in FEATURE BREAKING, समाचार
0
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सुनसरीका दुई हस्ती उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस सुनसरीका दुई महत्त्वपूर्ण नेताका रुपमा उदाएका राजीव कोइराला र राजीव ढुङ्गानाले उम्मेदवारी दिएका छन् ।

यसअघि सुनसरी जिल्ला सभापतिसमेत रहेका राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसअघि पनि केन्द्रीय सदस्यमा मनोनीत कोइराला २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ ख बाट निर्वाचित प्रदेश सांसद बनेका थिए ।

२०७९ सालमा भने निर्वाचनमा हार बेहोरेका उनी गत फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवारसमेत थिए । रास्वपाका लालविक्रम थापासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका कोइरालाले निर्वाचन हारेका थिए । दुई कार्यकाल सुनसरी जिल्ला सभापतिका रुपमा रहेका कोइराला सुनसरीका लोकप्रिय नेताका रुपपमा चिनिन्छन् ।

सुनसरीलगायत कोशी प्रदेशमा वैचारिक, निष्ठावान् एवम् अध्ययनशील नेताका रुपमा कोइरालालाई लिइन्छ । दुईपटक प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका कोइराला एकपटक सुनसरी क्षेत्र नं. २ ख का प्रदेश सांसद बनिसकेका छन् । सुनसरी जिल्लामा कोइराला विवादरहित स्वच्छ छविका नेताका रुपमा लिइन्छ ।

त्यस्तै, नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका राजीव ढुंगानाले काँग्रेस महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

२०४६ सालको जनआन्दोलनबाट विद्यार्थी राजनीतिमा लागेका ढुंगाना २०५० सालमा नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला सचिव बनेका थिए । हाल नेपाली काँग्रेसका वरिष्ठ उपसभापति रहेका विश्वप्रकाश शर्मा अध्यक्ष रहेका बेला २०५७ सालमा ढुंगाना नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । नेपाल विद्यार्थी संघकै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुुँदै २०७६ सालमा अध्यक्षसमेत बनेका थिए ।

सुनसरीका वैचारिक नेताका रुपमा लिइने ढुंगानाको नेपाली काँग्रेसको पदाधिकारीमा पहिलोपटक उम्मेदवारी हो । यसअघि उनी महासमिति सदस्य रहे । १४ औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पार्टीको संगठनात्मक विकासमा ढुंगानाको महत्त्वपूर्ण भूमिका रहेको छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने रहर पालेका ढुंगानाले सहमहामन्त्री पदमा जित निकाल्ने आँकलन गरिएको छ । खुलातर्फ दुई सिट सहमहामन्त्री पदमा १० जनाको उम्मेदवारी परेको छ ।

सुनसरीबाट को को छन् उम्मेदवार ?

सुनसरी जिल्लाबाट नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशनमा उम्मेदवारी दिनेमा मेदिनीप्रसाद सिटौला छन् । नेपाली काँग्रेस सुनसरीका पाका नेता सिटौला कोशी प्रदेश फाँटको खुलामा केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

३५ वर्षमुनिका युवा फाँटबाट केन्द्रीय सदस्य पदका उम्मेदवारका रुपमा दोर्ची शेर्पाले उम्मेदवारी दिएका छन् । उनी नेपाल विद्यार्थी संघ सुनसरीका नेता हुन् । महेन्द्र बहुमुखी क्याम्पस धरानमा २०७४ सालको स्ववियू सचिवसमेत हुन् ।

त्यस्तै सुनसरीबाट आदिवासी जनजाति कोटाबाट सूर्यदेव दास उराव केन्द्रीय सदस्यका उम्मेदवार हुन् । उनी प्रतिनिधिसभाको निर्वाचन २०७१ मा सुनसरीबाट समानुपातिक सांसद बनेका थिए ।

सुनसरीबाट दिलकुमारी राईको पनि आदिवासी महिला कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी परेको छ ।

Tags: राजीव कोइरालाराजीव ढुङ्गाना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास
FEATURE BREAKING

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

by टाकुरा न्यूज । इटहरी
अशोज २३, २०८३
0

इटहरी : आगलागीलगायत विपद्का घटनामा हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास...

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा
समाचार

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २२, २०८३
0

धरान : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् । विद्यार्थी...

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३
भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

सुनसरीमा आगलागी नियन्त्रण र उद्धारमा सुरक्षा निकायको संयुक्त अभ्यास

अशोज २३, २०८३
सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी काँग्रेसका हस्ती दुई राजीव : सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवार

अशोज २३, २०८३
कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

कांग्रेस महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व खोज्दै दोर्ची शेर्पा

अशोज २२, २०८३
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन