झापा : झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।
कमल गाउँपालिका–५ टुकुरेमा प्रदेश १–०१–००२ ह ५७९३ नम्बरको सिटी सफारीबाट खसेर चक्काले किच्दा इलामकी लोजिना लिम्बूको मृत्यु भएको हो ।
त्यस्तै, दमक नगरपालिका–९ बुद्धचोकमा बा १–०१–०२५ च ४२०९ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री माधवप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post