Monday, October 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

रासस by रासस
अशोज २६, २०८३
in विविध, समाचार
0
हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण
49
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ ।

विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो ।

वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ। घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ ।

वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला अवस्थामा रहेका विद्यालय परिसरमा पशुचौपाया प्रवेश गर्ने, विद्यार्थीको सुरक्षामा चुनौती देखिने तथा विद्यालयका भौतिक सामग्री संरक्षणमा समस्या हुने गरेको गुनासो आएपछि घेराबारा निर्माणलाई प्राथमिकतामा राखिएको हो ।

‘विद्यालय सुरक्षित र व्यवस्थित भए मात्र विद्यार्थीका लागि प्रभावकारी सिकाइ वातावरण बन्न सक्छ,’ वडाध्यक्ष विष्टले भने, ‘त्यसैले वडाभित्रका सबै सामुदायिक विद्यालयलाई सुरक्षित बनाउने उद्देश्यले घेराबारा निर्माण गरेका हौँ ।’

घेराबारा निर्माणसँगै विद्यालय परिसर व्यवस्थित र सुरक्षित बनेको स्थानीय अभिभावक तथा शिक्षकको भनाइ छ ।

विद्यालय क्षेत्रभित्र अनावश्यक आवतजावत नियन्त्रण हुनाका साथै पशुचौपायाबाट हुने क्षति रोक्न पनि सहयोग पुगेको स्थानीयवासी गङ्गाबहादुर खड्काले बताए । विद्यालय परिसर व्यवस्थित भएपछि विद्यार्थीको नियमित उपस्थितिमा सहजता भएको उनले जानकारी दिए ।

हतुवागढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले विद्यालयको आवश्यकता पहिचान गरी शैक्षिक तथा भौतिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

अध्यक्ष राईले विद्यालयको भौतिक अवस्था सुधारसँगै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए।

स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यबाट सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य राखिएको उनले बताए ।

Tags: #भोजपुरसामुदायिक विद्यालय
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विविध

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

पाँचथर : पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
FEATURE BREAKING

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

इटहरी : प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनापछि जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३
बेँसी झारियो भेडीगोठ

बेँसी झारियो भेडीगोठ

अशोज २६, २०८३
बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

अशोज २५, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

अशोज २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

अशोज २६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.