Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

कोरोनासँग जम्काभेट

कोरोना अनुभव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०७८
in विचार
0
किन बढाउने सक्रिय सदस्य ?

कृष्ण अधिकारी

341
SHARES
Share on FacebookShare on Twitter

२०७७ सालको अश्विन १६ गते शनिबार विराटनगरतिर गएँ । साँझमा विराटनगर कै केही साथीहरु इटहरी मेरै अफिसमा भेट भयो, कुराकानी भयो । बेलुका मलाई ज्वरो आयो, टाउको दुखो र को को सँग कति नजिक बसियो भनेर विचार गरें । भौतिक सामिप्यता थिएन भेटघाटमा अलिक ढुक्क भएँ ।

सुरु सुरुमा कोरोना यति ठूलो भएर आयो कि दन्त्य कथाको भयंकर राक्षस जस्तो भएर आयो । एउटा गाउँपालिका अन्तर्गत कसैलाई कोरोना भयो भने पूरै इलाका अछुत जस्तो ठानियो । कोरोना लागेको मान्छेलाई घृणा गरियो र अपराधी जस्तो ठानियो । संचारमाध्यम र सरकारको प्रचार वाजीले झन आतंकित बनायो समाजलाई । यो आतङकलाई कम गर्नु पर्छ भन्ने ठहर थियो मेरो ।

त्यसैले सजग रहने र दूरी कायम गरे कोरोना लाग्दैन, लागिहाले पनि मृत्यु नै भै हाल्ने हैन भनेर हिड्ने गरें । राहत संकलन गर्न र पत्रकारहरुलाई रातह वितरण गर्न अनि वीमा गराउन पनि हिँडडुल गर्नुप¥यो । मलाई सबैले भन्थे धेरै नहिड्नु लखर लखर कोरोना लाग्ला ।

नभन्दै त्यो दिन ज्वरो आयो । ज्वरो भन्दा पनि टाउको को दुखाई फरक खालको र कडा थियो । त्यसैले २।४ दिन बस्न मामाको घर गएकी बीना (पत्नी) लाई बिहानै फोन गरेर भने तिमी आउनै पर्ने भो मलाई पकाएर खुवाउनु पर्ला । बीना हतारिरै आइन, मैले भने अलग्गै बसेर सेवा गर, बाथरुम अलग्गै प्रयोग गर । मैले खाएका वर्तन म आफैँ मोल्छु । साथीभाइ, छरछिमेकी र आफन्तलाई पनि घरमा आउन बन्द गरिदियौ हामीले, केवल घरमा हामी साठी नाघेको बुढा र बुढी ।

वीना निक्कै डराइन् । मैले भनें मलाई केही हुँदैन । तिमीलाई पनि यसले छोड्दैन । दश बाह्र दिनमा निको हुन्छु र तिम्रो सेवा गर्छु, अहिले तिमीले मेरो सेवा गर । असोज २० गतेका दिन साँझमा अपर्झट मेरा सम्धि यदुनन्दन आचार्यको स्वर्गवास भयो । मनले मानेन । मोटर साइकिल लिएर बेलुका ८।९ बजे तिर गएँ । भोलीपल्ट घाट सम्म पनि गएँ तर मान्छेहरु भन्दा अलगथलग बसें । किनभने मलाई लागिरहेको थियो कोरोनाले भेटिसकेको छ मलाई । त्यसपछि टाउको दुख्ने क्रम अझ बढ्यो । खाना पटक्कै रुचेन, गन्ध पूरै हरायो र अक्सिजनमा कमी हुन थाल्यो ।

ज्वरो आएको छैटौ दिनमा अर्थात अश्विन २२ गते पीसीआर गर्न गएँ । एभिन्यूजका पूर्वाञ्चल व्यूरो सचिन पोख्रेलले पीसीआरका लागि विराटनगरमा सहज प्रवन्ध गरिदिएका थिए । भोलीपल्टै रिपोर्ट आयो । कोरोना पोजेटिभ । मलाई अनौठो लागेन किन भने मलाई विश्वास थियो पोजेटिभ आउँछ भन्ने, प्रमाणित गर्नुमात्र थियो, प्रमाणित भयो । अक्सिजन सिलिण्डर झिकाएँ । अक्सिजनको प्रबन्ध गर्ने काम छिमेकी भाइ चण्डिका नेपालको भयो । अस्पताल जान पटक्कै मन थिएन, तर अक्सिजनमा कमी हुँदै गयो । अक्सिजन सिलिण्डरले ३।४ घण्टा मात्र थाम्ने । मेरो जेठो ज्वाँइ उमेश आचार्य आफ्नो पिताजीको कृयामा बस्नु भएको थियो ।

उहाँको राय पनि अनिवार्य अस्पताल जानु भन्ने थियो । र, विराट टिचिङ अस्पतालमा बेड प्रबन्ध गर्ने काम पनि उहाँ र उहाँका दाजु सुरेश आचार्यले गर्नुभयो । म २५ गतेको साँझ एम्बुलेन्स लिएर विराट टिचिङ पुगें तर बेड रहेनछ । कोशी कोभिड अस्पतालमा पो मिल्यो भन्ने खबर आयो त्यहाँ पुगें । साथीहरु लवकुमार घिमिरे, बलराम गिरी, भान्जा हरि दाहाल अस्पतालनमा पुगिसकेका थिए । म चाँडै निको भएर आउँछु भन्दै हात हल्लाएर पुरानो धानचामल कम्पनीको भवनमा रहेको अस्पताल पसें र ३४ नं. कोठामा बसें । अक्सिजनको राम्रो प्रबन्ध भएको आइसियु रुम भनिएको थियो । त्यो कोठालाई । त्यसमा चार बेड थिए र म सँगै चारै जना कोरोना पीडित थियौ त्यहाँ ।

कोठामा एयर कण्डिशन थियो तर विग्रिएको । एउटा सिलिङ पङखा थियो, एउटा वेडलाई मात्र हावा पुग्थ्यो । मेरो वेड माथि विजुलीको वल्व बल्थ्यो । वत्तीमा आएका किराले वेड भरिन्थ्यो, गर्मी मनग्गे थियो । हाम्रो कोठा अगाडि गल्लीको भित्तामा डाक्टर र नर्सका नंबर भनेर टाशीएका थिए तर ती कुनै नंबरमा फोन लाग्दैन थियो । त्यो गल्लीबाटै आइसियु र भेन्टीलेटर भएको कोठा तिर पुगिन्थ्यो । २६ गतेका दिन एकजना विरामी त्यही गल्लीको भित्तो समाउदै पाइला चाल्दै थिए ।

नियालेर हेरें, मेरा साडदाजु बद्रि पोख्रेल । आइसियुबाट उहाँ वाथरुम हिड्नु भएको रहेछ । स्टिलका तीन वटा सीडि चढेर जानु पर्ने दुईवटा टवाईलेट र एउटा वाथरुम नाम दिइएको कोठा, तर पानी जमेर पस्न नहुने, बन्द गरेर राखिएको । स्टीलका सिडीको तल दुर्गन्धित जमेको पानी त्यो पानी हैन पिसाबको पोखरी थियो । त्यहाँ पुगेर मलमूत्र त्याग गरेर कोठामा पुग्नु भनेको आधा मृत्यु थियो अक्सिजनको कमी भएका बिरामीलाई र पनि भित्तो समातेर त्यतै जादै थिए आइसियुबाट मेरा साडुदाजु ।

त्यसको अव्यवस्थाले अर्को अस्पताल सर्नुपरो भन्ने लाग्यो । न्यूरो अस्पतालका वेड बन्दोबस्त गरेछन् साथीहरुले । भाञ्जा हरि मलाई डिस्चार्ज गराउन अस्पताल आए । त्यो थाहा पाएर एकजना डाक्टर (सम्भवत नाम उत्सव हुनुपर्छ) आए र भने “अंकल अस्पताल किन फेर्नु हुन्छ जहाँ गए पनि उस्तै हो, म आइसियुको सुविधा दिन्छु तपाईलाई ।” उनको आग्रह टार्न सकिन मैले र न्यूरोको वेड छोडिदिनु भनें । न्यूरोको वेड पनि छोडियो तर यहाँ डाक्टरको आस्वासन कार्यान्वयन भएन । एसि चलाई देउ भने, मिस्त्री छैन भने । वेड माथिको विजुलीको बल्ब अर्को होल्डरमा सारिदेउ भने, त्यति अग्लोमा भेट्ने मान्छे छैन भनियो ।

अनि मैले नवीन गिरीलाई फोन गरेर भने “भाइ एउटा स्टेण्ड पङखा चाहियो ।” नभन्दै भाइले पङखा पठाई दिए तर विजुलीको प्लक छैन भएको पनि खराब छ पङखा घुम्दैन । कोरोना नेगेटिभ आएर घर जान लागेका एक युवा आएर बल्ब अर्को होल्डरमा सारिदिए । अर्को एक जना संक्रमित भाइ आए र प्लक बनाइ दिए । खाना पटक्कै रुच्न छोड्यो अस्पताल कै तर्फबाट खाना दिन्थे । समग्रमा खाना नराम्रो थिएन । बिहान ब्रेकफाष्ट, दिउँसो लञ्च, अपरान्ह फेरि खाजा र बेलुका खाना दिन्थे, तर के गर्नु खानालाई हे¥यो अनि डसवीनमा फ्यालो । सारै माया लाग्थ्यो खानाको । मेरो वेडको सामुन्नेको वेडमा एउटी चौधरी महिना थिइन । तिनी कोरोना मुक्त भैसकेकी थिइन । जतिखेर जे ल्याइदिए पनि उनी खपाखप सबै खान्थिन र दिसा पिसाब त्यही कोपरामा गर्थिन ।

शारीरिक कारणले हिड्न कठीन रहेछ उनलाई । ती महिला डिस्चार्ज भएर गैसकेपछि त्यो वेडमा एकजना महिला आइन । नर्सहरुलाई मैले भने कमसेकम “सिट कभर त अर्को हाली देउ त्यो वेडढमा” तर सुनेको नसुनै भए र त्यही सीटमा जस्ताको त्यस्तै सुताए ती विरामीलाई र गएँ । मैले ठाने मलाई पनि त त्यस्तैमा सुताएका होलान नि !

अर्को वेडमा एकजना तराइवासी वृद्ध महिला थिइन । तिनी फोनमा रुन्थिन । मेरो पङखाको केही हावा उनको सम्म घुम्ने बनाई दिए । उनले एकपल्ट भनिन मसँग धेरै जग्गा जमिन छ तर छोरा छोरी छैनन् । देउरानीको छोरो छ । मैले मनमनै सोचें देउरानीको छोरोले अस्पतालमै मरोस भनेर पठाएको होला भन्ने ठानेर यी मान्छे रोएकी होलिन । केहि दिन पछि उनको पि.सि.आर. रिपोर्ट बेलुकै आएको थियो तर उनले बुझ्ने गरी कसैले बताई दिएन ।

बिहान बलैले मैले भनिदिएँ “आज तिमीलाई घर पठाउँछ, तिमी ठीक भयौ ।” वेडबाट फुत्तै ओर्लिएर म छेउ आएर सोधिन, साच्चै हो ? हो भने मैले । उनको अनुहारमा एक्कासी सूर्य उदाए । म तिरै फिरेर तीनपल्ट हात जोडिन र गएर झोला मिलाउन थालिन । यी समेत तीन जना महिला त्यो कोठाबाट विदा भैसकेका थिए । लहरी भुजेल, रमेश अधिकारी र झापाको कुनै अस्पतालमा काम गर्ने महिला आए खाली वेडमा । सबै वेडमा १२।१४ दिन कोरोना पीडित सुतेको तन्नामा सुताए नयाँ बिरामीलाई । झापाबाट आएकी महिलाले भने झोलाबाट झिकेर आफ्नो तन्ना ओछ्याइन ।

न्यूरो अस्पतालमा पाएको वेड छोडि हालियो । त्यस पछि, न्यूरो, नोबेल, मोरङ सहकारी, बिराट टिचिङ कतै पनि वेड पाइएन । लव घिमिरे, पत्रकार महासंघ मोरङ का सभापति वन्धु पोख्रेल, भाञ्जा हरि, नवीन गिरी र सुभाष कार्की समेतले प्रयत्न गरे तर खालि भए पो पाउनु, त्यसैले जे हुन्छ, यही बस्छु भने मैले ।

अस्पतालले दिने खाना सन्तोष जनक थियो । अक्सिजन व्यवस्थित थियो । त्यहाँ आउने डाक्टर नर्स, खाना दिने र सरसफाई कर्मचारी सबै पि पी लगाएका छन्, अनुहार शरीर सबै ढाकिएको छ कोही चिनिदैनन् । कुनै कुनै डाक्टरले चै पि पी मा म्यअतयच लेखेका हुन्थे र डाक्टर रहेछ भन्ने थाहा हुन्थ्यो । अचाक्ली गर्मी छ । पूरै प्लाष्टिकको खोलले शरीर ढाकिएको छ । ड्यूटी समय भरी दिसापिसाब गर्न पाउँदैनन्, डाइपर लगाएका छन् । प्लाष्टिकको खोल भित्र शरीर भरी पानी जमेको छ । आँखामा वाफ बसेको छ, राम्रोसँग हेर्न पनि सक्तैनन् । नर्सहरु आउछन् । प्रेसर नाप्छन्, अक्सिजन लेवल हेर्छन । सामान्य सोधपुछ गर्छन । बुबा भन्छन्, अङकल भन्छन् राम्रो बोल्छन् तर हतार हतार गरेर जान्छन् । उनीहरु कुन कष्टसाथ काम गर्दैछन् भनेर कल्पना गर्दा पनि आफूलाई कष्ट हुने ।

आफुलाई जति कष्ट भए पनि मैले नर्सहरुलाई कुनै गुनासो गरिन, छोराछोरी नै भनें तिनीहरुलाई तर दिनमा बलैले एक पल्ट झुल्किने डाक्टर र फोन गरेर सल्लाह दिने अझ, माथिका डाक्टर सँग भने मैले नम्र बोल्नु पर्छ भन्ने ठानिन र अस्पतालको अव्यवस्था प्रति अप्रसन्नता नै व्यक्त गरें । जति कराए पनि विरामी भनेको थालापरेको चितुवा हुन जस्तो गर्थे, एक कानबाट सुन्थे र अर्को कानबाट उडाउँथे ।

पि पी लगाएका सबै उस्तै लाग्छन् । उनिहरुको अवस्था हेर्दा माया लाग्छ । अलिक कडासँग भन्न मन लाग्छ । अस्पताल र डाक्टरहरुको लापरवाहीका बारेमा भन्न मन लाग्छ तर भन्न सक्तिन । त्यो प्लाष्टिकको खोलमा गुम्सिएका डाक्टर नर्स र अरु काम गर्ने कर्मचारी आफ्नै छोराछोरी जस्तो लाग्छ । उनीहरुको दुःख माथि तनाव थप्नु मात्र हो भन्ने लाग्छ र चुपै लाग्छु ।

पल्लो कोठामा गएर छात्तीको एक्सरे गरें, रिपोर्टले छात्ती क्लीयर भएको बतायो । अस्पताल गएको दशौं दिनका दिन बेडमै आएर पिसिआर लिएर गए । भोली आउछ भनेको रिपोर्ट आएन, पर्सि पनि आएन । सँगैका अरुको आयो तर मेरो आएन । दिउसो आएको डाक्टरलाई सोधें हिजै आएको छ त रिपोर्ट भन्यो । मलाई किन भन्दैनौ त ! के छ मेरो रिपोर्टमा भने, अलिक कडा शब्दमा कराएँ म ।

उसको आफुभन्दा माथिको डाक्टरको नंबर डायल ग¥यो र मलाई बोल्नु भन्यो । मैले भने “यो केटा केटी खेल किन गरेको ? मेरो पिसिआर रिपोर्ट किन बताउँदैनौ ? भने !” तपाईको फेरि पोजेटिभ देखियो भन्यो उसले । अर्को पिसिआर आजै गर्न परो भने मैले । नभन्दै त्यही दिन पीसीआर लिन आयो । त्यो म अस्पताल बसको तेह्रौ दिन थियो । त्यस पल्टको रिपोर्ट भने पर्सिपल्ट बिहान नेगेटिभ भएर आयो ।

क्यानोला सार्दासार्दै दुवै हात घाइते थियो । त्यसबाट दुईवटा औषधि  (तर सँगसँगै दिने गरेका थिए ।)  दिनको एक पल्ट । पिसिआर नेगेटिभ आउनु भन्दा एकदिन अगाडि अर्थात १४ औं दिन का दिन “अब चाहिदैन” भन्दै नर्सले क्यानोला निकालिन । त्यो दिन अक्सिजनको लेवल निक्कै घट्यो । पिसिआर नेगेटिभ आएको दिन डिस्चार्ज हुने दिन थियो तर अक्सिजन झन झन घटिरहेको थियो । त्यो क्यानोलबाट दिने औषधिले अक्सिजन बढाउने रहेछ, त्यो नभएको कारण मलाई सास फेर्न कठिन भयो ।

त्यसै बेला फोनमा कुनै कर्मचारीले भन्यो तपाई गाडी मगाएर जानु होला, तल गेटमा डिस्चार्जको कागज पाउनु हुन्छ । मैले अक्सिजन भएको एम्बुलेन्स लिएर आउ भनेर भाञ्जालाई भने ।

अस्पतालबाट निस्कन कसैले सहयोग गर्ला भने ठानेको थिएँ तर त्यहाँ कोही आएन । बरु उल्टै फोनमा एउटा युवकको स्वरले भन्यो । तपाईको गाडी आयो ? मैले भने आएको छैन । अनि उसले भन्यो हामीले खोजिदिने हैन, किन अहिले सम्म गाडी नझिकाएको ? तिमीलाई मैले गाडी खोज भनेको छु र ! के भन्न खोजेको तिमीले भने मैले ।

पानी तताउने भाँडो, स्टेण्डफेन, तन्नाहरु समेत हडकेशहरु थुप्रै सामान थियो तर ती सामान बोकेर निस्किने तागत थिएन मसँग । अस्पतालका कुनै कर्मचारी आएनन् । भान्जा हरिले फोन गरेर भने ८।१० हज्जारका सामान होलान छोडिदिनु र शरीर मात्र निकाल्नु, एम्बुलेन्स आइ सक्यो । मैले त्यसै गरें । यो पङखा मिलाएर चलाउनु होस भने त्यो कोठामा रहेका अरु बिरामीलाई र म अस्पतालमा बस्ता टिपोट गरेको डायरी र कलम लिएर निस्किएँ ।

कोरोना लागेपछि

ज्वरो आउनु सामान्य कुरा हो तर कोरोनाले पनि ज्वरोबाट नै आफ्नो उपस्थिति बताउने रहेछ । ज्वरो भन्दा टाउको दुखाई अरु बेलाको भन्दा फरक र कडा महसुस गरें मैले । गन्ध हराउने र जिब्राको स्वाद समाप्त गर्ने कोरोनाको दोस्रो सन्देश रहेछ । स्वाद हराएपछि खाना रुच्दैन र मान्छे कमजोर हुन्छ, त्यही कमजोरीको फाइदा उठाउँदै शरीरमा कोरोनाको असर बढ्दै जाने रहेछ ।

हिजो तपाईको बिमारी कहानेर थियो, ढाडमा ? कम्मरमा ? किड्नीमा ? अथवा कहाँ ? त्यही ठाउँ छानेर कोरोनाले असर गर्ने रहेछ । मलाई कम्मरमा असर गर्न थाल्यो जहाँ पहिले देखिनै केही समस्या थियो । जीउ थाक्ने, धेरै मान्छेले कुटेको जस्तो जीउ दुख्ने हुन थाल्यो । त्यतिमात्र हुँदा सम्म त केही थिएन । त्यसमाथि अक्सिजन लेवल घट्न थाल्यो ।

अक्सिजन घटेपछि थाहा भयो कि, अब फोक्सोमा असर ग¥यो । धेरै वर्ष पहिले सुकेनास लागेको र चारदशक भन्दा बढी सिगरेट पान गरेको फोक्सो कमजोर त थियो नै त्यसैकारण होला कोरोनाले फोक्सोमा आक्रमण ग¥यो र अक्सिजन लेवल घट्न थाल्यो ।

कोरोनाको आयु र असर

कोरोनाको आयु १२।१५ दिन मात्र हो । त्यसपछि त्यो आफै मर्न थाल्छ । मर्न थालेपछि खाना पनि रुच्न थाल्छ र गन्ध स्वाद पनि फिर्छ तर त्यतिले मात्र अब निको भइयो भन्न हुँदैन । जसलाई सिधा फोक्सोमा असर गरेको छैन उसका लागि जोखिम कम नै होला तर जसलाई फोक्सोमा असर गरेको छ उसले लामो समय सम्म सजग रहनु जरुरी छ ।

अस्पतालबाट आएको हप्ता दश दिन पछि पनि अक्सिजन लेवल नबढेकोले मैले सिटी स्क्यान गरेर फोक्सोको डाक्टरलाई देखाएँ । डाक्टरले भने निको हुने क्रममा छ, औषधि नगरे पनि निको हुन्छ तर ६।७ महिना लाग्छ । औषधि गर्दा चाँडो जाती हुन्छ । उनले औषधी दिएँ एक महिनाको । त्यो खाएपछि अक्सिजन लेवल बढ्यो र पनि भ¥याङ चढ्दा, हिड्दा र भाषण गर्दा धेरै समय सम्म अक्सिजन कमी हुने रहेछ ।

चिसो बिष हो

फोक्सो विशेषज्ञले भनेका थिए, दूध र फलफूल नखानु, त्यस्को कारण के रहेछ भने, दूधले कफ बढाउने रहेछ र फलफूलले चिसो गराउने रहेछ । चिसो भएमा निमोनिया हुने डर रहेछ । पीसीआर परीक्षणमा नेगेटिभ आएर घर गएकाहरु धेरैको मृत्यु हुने गरेको कारण चिसो पदार्थ सेवन गर्नु हो ।

त्यसकारण मेरो पनि सुझाव छ “यो कोरोना महामारी रहुन्जेल कोरोना नलागेका स्वास्थ्य मान्छेले पनि फ्रिजमा राखेको चिसो पदार्थ नखाऔं । कोरोना लागेको मान्छेका लागि त चिसो बिष नै हो, यसबाट बचौं कोरोनाबाट बाँचिन्छ ।”

Tags: #विचारकृष्ण अधिकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पूर्वमा चिया पर्यटन
FEATURE BREAKING

पूर्वमा चिया पर्यटन

by अर्जुन उप्रेती
भदौ २६, २०८३
0

इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका कोमल...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.