हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेश आनन्दी मनले ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको यो पंक्ति कालजयी छ । उनले भनेको वाक्य अहिलेको बिषम् परिस्थितिमा वास्तविक साबित भएको छ । किननि, जति सम्पति भएपनि अहिले जम्माजम्मी बाँच्नु मात्र अन्तिम सत्य जस्तै भएको छ । अहिलेको परिस्थितिले बाँच्नु र खानु मात्र सत्य झैँ बनाएको स्थिति छ ।
मानिसको असिमित इच्छा आकाक्षां परिपूर्ति गर्ने माध्यम भनेको नै पैसा हो । हरेक क्षेत्र शिक्षा स्वास्थ्य राज्य सन्चालन र विकास निमार्णका महत्वपुर्ण कार्य गर्न पैसाको आवश्यकता पर्दछ ।
चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा कोरोना भाइरस अहिले संसारभर फैलिएको छ । र, अहिले विश्वका सबै देशमा कोरोना भाइरस फैलिएर जनजीवन अस्तव्यस्त बनेको छ । अमेरिका, इटाली, फ्रान्स, चीन, स्पेन जस्ता ठूला अर्थतन्त्र र शक्तिशाली राष्ट्रमा समेत कुनै औषधी पत्ता लाग्न नसकेर धेरै मानवीय क्षती बेहोरिरहेको छ । रोगको व्यापकता भने दिनप्रतिदिन फैलिरहेको छ । रोगको समाधानका लागि अहिलेसम्म कुनै पनि खोप औषधी आविष्कार भएको छैन । जबसम्म रोग निरोधात्मकको लागि खोप औषधीको आविष्कार बन्दैन त्यसबेला सम्म हामी आफैँ सचेत रहेर बस्नुपर्ने हुन्छ ।
यो अवस्थामा गरिबिको पहाड चुलिएको छ । देशको अर्थतन्त्र डामाडोल भएर अति विकशित देश ओरालो लागिरहेका छन् । विश्वमा धेरै देशमा रोग देखा पर्ने बित्तिकै बाट लकडाउन जारी छ । नेपालमा पनि महिना दिनदेखि लकडाउनको अवस्थामा सिज्रित रहेको छ । अझ यो कति समय सम्म जारी हुने हो टुङ्गो छैन । स्वास्थ्य मानिसको शारीरिक मानसिक संवेगात्मक सामाजिक सुस्थितिको अवस्था हो । अहिले यो विषम् परिस्थितिमा स्वास्थ्य भन्दा ठूलो पैसा हुँदै होइन यो बेला त हामी आफँै सचेत बनेर बस्नुपर्ने हुन्छ ।
स्वास्थ्य नै धन हो भन्ने भनाइलाइ आत्मसाथ गरी यो अवस्थामा हामी आफै सचेत रहनुपर्ने देखिन्छ । जबसम्म हाम्रो स्वास्थ्य अवस्था स्वस्थ्य हुँदैन तबसम्म चाहेर पनि केहि गर्न सक्दैनौ । यो बेलामा हामी आफैँ सचेत बनेर घरमा बस्दा नै रोगको महामारी चाडोँ भन्दा चाडोँ सकिएर जान्छ । तर, हामी मूर्ख बनेर असुरक्षित स्थानमा हिड्ने धेरै जसो पैसाको पछि दगुर्ने गर्नाले स्वास्थ्य अवस्था नाजुक बन्ने मात्रै होइन ज्यान जाने समेत खतरा छ । रोगले ग्रसित भइसकेपछि जति पैसा खर्च गर्दा समेत रोगलाई निमुर्ल पार्न सकिदैन भने धरै पैसा भएर के काम ?
नेपालमा मूर्खता अबुझ भएकाले यो लेखिरहँदा सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये ९ जना पूर्ण रुपमा निको भएर गइसकेका छन् । यस्तै कुनै पनि कुराको हेक्का नराख्ने हो भने घट्ने होइन धेरै बढ्ने निश्चित रहेको छ । यो समय रोगलाई हेल्चेक्रराइ नगरी घरमा नै बसेर केहि नभए नून–पानी घोलेर खोले घोलेर खाएर घरमा नै बस्नुपर्छ । यो बेला मीठो खाने, राम्रो लाउने रमणीय ठाउँ घुम्ने कल्पना गर्नु भन्दा पनि कसरी बाँच्ने भन्ने तर्फ सोच्न आवश्यक छ ।
यो बेला नि यसरी मुखर्ता गर्ने हो भने रोगको सङ्क्रमण धेरै बढ्ने निश्चित देखिन्छ । आजका दिनमा जति हामी स्वास्थ्य रह्यौँ, भोलिका दिनमा महामारीका कारण शरीर कमजोर बन्न सक्छ । शरीर रहेमा पैसा कमाउँन ठूलो कुरा छैन । यो बिषम् परिस्थितिमा पनि अहिले ठगी गर्ने मौलाइरहेका छन्, बिचौलियाहरु हावी भईरहेको कुरा तपाईँ, हाम्रो आँखा अगाडि नै छ । जबसम्म हामीले स्वस्थ शरीरको वास्तविक मूल्य थाहा पाउँन सक्दैनौँ, तबसम्म हामीले जीवनको मूल्य बुझ्न कठीन छ ।
स्वास्थ्य नै मानिसको जीवनको प्रमुख आधारशीला हो । रोग निमूर्ल पार्न, उच्च शिक्षा हाँसिल गर्न या विकास निमार्णका महत्वपूर्ण कार्य गर्न पैसाको आवश्यक छ ।
पैसाले धेरैको जीवन बचाउँने र मार्ने समेत गर्दछ । एउटा टुक्का छ नि ? एउटा बालक गरिबिले गर्दा सधँै पैसाको मात्र सपना देख्दछ । र, एकदिन बिपनामा एउटा कोट पाउँछ र जति गोजिमा हात लगाउँछ त्यति धेरै पैसा प्राप्त गर्दछ । उसले पुरै मोजमस्तिको जीवन यापन गर्दछ । पछि सत्रु लागेर झण्डै ज्यान समेत जान्छ अनि अाँफूले पाएको कोट खोलामा मिल्काएर साधारण जीवन नै ठीक हो भनेर सचेत रहन्छ । अहिले हामी आफैँ सुरक्षित भएर सरकारलाई सहयोग गरेर बस्नुपर्दछ । धेरैलाई आफ्नो दैनिकि चलाउँन धेरै समस्या भइरहेको छ । यस्तो बेला गरिब विपन्न लाइ राहत वितरणमा प्रभावकारी हाँसिल गर्दै स्वास्थ्य रहन सल्लाह दिनुपर्दछ ।
विश्वमा मानिसको मूखर्ता अचेतना धेरै भएकाले अहिले शुक्ष्म भाइरसको उत्पति भएर विश्वलाइ त्राहि–त्राहि बनाइरहेको छ । यो समय पनि बेलैमा हामी चेतनशील बन्न नसकेमा धेरै जनसङ्ख्या मृत्युको भूमरीमा पर्ने निश्चित देखिन्छ । जति खोज अन्वेषण गर्दा पनि अहिले सम्म रोगलाइ निर्मूल पार्न कुनै खोप औषाधीको विकास भएको छैन । हामी चेतनशील बनेर पैसा नै सबैथोक हो भन्ने भावना हटाएर स्वास्थ्य रहन आवश्यक देखिन्छ ।
धेरैलाइ भ्रम छ कोभिड–१९ ले केहि पनि गर्दैन । हामी सुरक्षित छौँ, भनेर बाहिर हिड्ने बानी त्याग्नुपर्दछ । जो कोहि पनि सङ्क्रमण भएको धेरै लामो समय पश्चात मात्रै रोग लागेको पत्ता लाग्दछ ।
अहिलेको महामारीमा अाँफू र आफ्नो परिवारलाई रोगबाट बचाउँनु नै राम्रो हुन्छ । धेरैको अति आधारभूत आवश्यकता पूर्ति गर्नका लागि पैसाको खोजीमा निस्कने गर्दछन् । धेरै अटेरी गरेर मन तृप्त पार्नका लागि पैसा कमाउन लाग्दछन् । सबैलाई पैसाको सधैँ आवश्यक पर्दछ । कसैलाई पनि कहिले पूर्ण हुँदैन । त्यसकारण हामी आफैँ आफ्नै स्वास्थ्यको लागि बेलैमा सचेत बन्न सकेमा भलो हुनेछ । अन्त्यमा, महोदय ! यो बिषम् परिस्थितिमा पनि आफ्नो शरीर भन्दा ठूलो कुरा पैसा हो र ?
Discussion about this post