Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पचास रुपैयाँ

कृष्ण अधिकारी by कृष्ण अधिकारी
कार्तिक ८, २०८२
in टाकुरा विशेष, विचार
0
पचास रुपैयाँ
110
SHARES
Share on FacebookShare on Twitter

देशमा व्यावसायिक अर्थमन्त्री आएपछि म पनि हिसाब किताबअनुसार चल्ने कोसिसमा लागेको छु ।

त्यही कोसिस अन्तर्गत मैले नौ सयलाई पाँच पैसाले गुणन गरें । ४५ रुपैयाँ भयो । त्यसमा मैले आफ्नै मनले पाँच रुपैया थपेंं । मेरो अगाडि पचास रुपैयाँको नोट नाच्न थाल्यो, म खुसीले दङ्ग भएँ ।

म यहाँ कथा लेख्न बसेको हैन । एउटा अव्यक्त सत्य खोल्न बसेको हुँ । कुनै छापा पत्रिका वा अनलाइनका लागि लेख लेख्दा आठ सयदेखि नौ सय शब्द लेखिने रहेछ । त्यही शब्दलाई पाँच पैसाले गुणन गर्ने लहड चलेर गुणा गरेको हुँ ।

यस्तो कुरा गरिरहँदा म गुरु बालकृष्ण पोख्रेललाई सम्झिन पुगेको छु । जीवनको उत्तरार्धतिर, उहाँलाई जताततैबाट प्रमुख अतिथिको आग्रह आउँथ्यो । बूढो र जीर्ण शरीर, सकि नसकी बसमा उचालिदैँ पछारिदैँ जानुपर्ने, रिक्सामा थेचारिदँै पुग्नुपर्ने । मञ्चमा माला, खादा र ताली ।

त्यसपछि ‘काम सकियो भाँडो आफल तेरो ठाँडो’ बालकृष्ण गुरु फेरि बसमाउ चालिदैँ पछारिदैँ र रिक्सामा थेचारिदैँ आफ्नो कुटीतिर ।

आफ्नै खर्च गरेर गयो, आफ्नै समय खर्चियो, आफैँ दुःख पायो र कलेटी परेका ओठ लिएर घर आयो ।

त्यसैले होला गुरुले जीवनको उत्तरार्धमा भन्नुभयो, ‘मलाई पैसा देउ अनि आउँछु ।’

धेरै मान्छेले उहाँको यो कुरालाई सकारात्मक रूपमा बुझे र थोरै मान्छेले नकारात्मक बुझे । अबुझहरूले मात्र नकारात्मक बुझे भन्ने मेरो पनि ठहर थियो । र, त्यो ठहर आज पनि अटल छ ।

बालकृष्ण पाख्रेल विद्वताको सगरमाथा हो । उहाँको त्यो भनाइलाई आज सम्म पनि कुनै बौद्धिक समाजले विश्लेषणको विषय बनाउन सकेको छैन । मलाई चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ ।

यसै समयमा भारतमा एउटा विद्वान छन् कुमार विश्वास । उनको एउटा कार्यक्रमको पारिश्रमिक २५ लाखसम्म बताइन्छ । पूर्व राजनीतिज्ञकुमार विश्वास कवि हुन् र उत्प्रेरक हुन् ।

उनको प्रवचनका लागि हज्जारौं बौद्धिक मान्छे टिकट लिन लाइन लाग्छन् । अभिनयको क्षेत्रमासमेत काम गरेका अर्का कवि हुन् शैलेस लोढा । उनको पनि पारिश्रमिक १२/१३ लाख बताइन्छ । अघिल्लो पुस्ताका हास्य कवि सुरेन्द्र शर्मा र राष्ट्रवादी कवि हरिओम पवार पनि महँगा कवि हुन् ।

नयाँ पुराना यस्ता सयौँ कविहरू छन्, जो आफ्नो बौद्धिक र काव्यिक आर्जनबाट सम्पन्न छन् । हाम्रो वौद्धिक समाज त्यति विकसित नभएर नै होला कवि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी र बालकृष्ण पोख्रेलहरू प्रमुख अतिथिको आशनबाट ओर्लिएर धर्खराउँदै धर्खराउँदै घर जानु परेको ।

मैले पाँच पैसाले नौ सय शब्दलाई गुणा गर्नुपर्ने कारण पनि त्यही हो । हामीजस्ता सामान्य लेखकको विचारबाट समाज कति लाभान्वित हुन्छ मलाई थाहा छैन ।

लाभान्वित हुन्छ नै भन्न पनि सकिदैँन । तर के चाहिँ हुन्छ भने पत्रिकाका पाना भर्ने काममा चाहिँ अवश्य सहयोग पुग्छ । एउटा लेखकले लेखेका शब्द उसका मात्र हुँदैनन् । त्यसमा समाजका भावनाहरू हुन्छन् । ती लोकका पनि शब्द हुन् ।

त्यसकारण पनि आठ, नौ सय शब्द सेतो कागजमा विस्किुन लगाउनु त्यति सजिलो काम हैन । केही पढ्नु प¥यो, केही सुन्नु प¥यो, समाजले के सोच्छ, के धारणा राख्छ र के अपेक्षा राख्छ थाहा पाउनुप¥यो ।

चिन्तन, मनन गर्नुप¥यो, घोत्लिनु प¥यो, घोरिनु प¥यो । शब्द संयोजन गरेर अरूले पढ्दा बुझिने पनि बनाउनु प¥यो । अलिकति नुनचुक हालेर स्वादिलो पनि बनाउनु प¥यो ।

पहिले पहिले हस्तलिखित पाण्डुलेख दिँदा भइहाल्थ्यो । कम्प्युटर टाइप गर्ने, प्रुफ करेक्सन गर्ने जिम्मा पनि प्रकाशनको हुन्थ्यो । अब समय फेरिएको छ ।

लेख्नु परो, कम्प्युटरमा टाइप गर्नु परो, करेक्सन गर्नु परो र तेल तताई राखेको कराईमा झ्वाम्म ओइरिन तयार पारेको तरकारीजस्तो ठिक्क पारेर दिनु परो । जान्ने लेखकले त कम्प्युटरमा बसेर आँफै टाइप गरेर पठाउला, तर नजान्नेले के गर्छ सुन्नुहोस् ।

लेखक आफ्नो पाण्डुलोख लिएर कुनै डेस्क्टव वालाकोमा जान्छ र तारिख लिन्छ । भनेको समयमा डेस्क्टवमा पुग्छ तर काम भएको हुँदैन । भ्याएकै छैन भरे ४ बजे आउनुन है म प्रुफ् निकालेर राखिदिन्छु भन्छ, खुसामती शैलीमा । मान्नै परो ।

उ फेरि ४ बजे टुप्लुक्क पुग्छ र पढ्छ अनि पानाभरी रातो मसीले चिनो लगाउँछ । पैसा दिएर तपाईँ जानु म करेक्सन गरेर पठाइदिन्छु भन्छ डेस्क्टववालाले ।

लेखक गोजीमा हात हाल्छ, दुई औँलाले च्यापेर बलैले एउटा नोट निकाल्छ र दिन्छ । त्यसबेला उसको मन कटक्क काटिन्छ । किनभने, स्वास्नीले एक पोका आयो नुन ल्याउन दिएको पैसा सम्झन्छ उ ।

एउटै मात्र सन्देश के थियो भने ‘घर आँगनमा मात्र हैन जङ्गलमा पनि फोहोर गर्न हुँदैन ।’

एउटा जिम्मेवार लेखकको दायित्व त्यतिले मात्र पूरा हुँदैन । लेखकलाई लाग्छ त्यसले करेक्सन गरेर पठायो कि पठाएन ? वा बिर्सियो कि ? उ फेरि डेस्क्टव पुग्छ । उसलाई देखेपछि हतारहतार करेक्सन गरेर मेल पठाइदिन्छ ।

अनि लेखक गोजीबाट सानो मोबाइल निकाल्छ, नम्बर डायल गर्छ र भन्छ ‘पठाइदिएको छ है ! मेल चेक गर्नु ।’

यतिखेर म ताना शर्मा र उनको चर्चित कृति वेलायततिर बरालिँदा सम्झिरहेको छु । अझ त्यो कृतिभित्रको एउटा अमुक पाना सम्झिरहेको छु ।

डेढ करोडको निजी गाडी चढ्छौँ । अनि पानी खाएका बोतलहरू झ्याल खोलेर गुडिरहेको गाडीबाट बाहिर हुत्याउँछौँ । पुस्तक पढेर मात्र ज्ञान हुँदैन, धन कमाएर मात्र मान हुँदैन । ज्ञान र मान त मान्छेको चरित्रमा निहीत हुन्छ । लेखेको कुरा मान्छेले पढ्छ र मनन गर्छ भन्ने विश्वास साँगुरिएर थोरै भएको छ आजभोलि ।

त्यहाँ लेखकले लेखेको कुराको सारसङ्क्षेप यस्तो छ – ‘छुट्टीको दिन साथीहरूले भने तारा तिमी पनि हामीसँग घुम्न हिँड । उनीहरूको साथमा एक–एक वटा झोला थियो मसँग केही थिएन । एउटा जङ्गलमा पुगेपछि भने अब खाजा खाऔँ । हामी सबै गोलो घेरा बनाएर बस्यौँ । उनीहरू सबैको झोलामा खानेकुरा रहेछ । सबैको अगाडि कागज ओछ्याए । कसैले मेरो अगाडि पनि कागज ओछ्याइदियो । मसँग खाजा थिएन, उनीहरू सबैले आ–आफ्नो भागबाट मेरो कागजमा खानेकुरा राखिदिए । त्यसबेला उनीहरूको भागभन्दा मेरो भाग ठूलो देखिएको थियो । खाइसकेपछि खाना खाएको कागज पट्याएर सबैले झोलामा राखे । मसँग झोला थिएन मैले पट्याएर गोजीमा हालें ।’

यो पढेर तपाईंलाई रमाइलो लाग्यो होला अथवा ताना शर्मा प्रतिदया लागेर आयो होला, तर उनलाई दया गर्नुपर्दैन । उनी त अंग्रेजीको प्रोफेशरको रूपमा वेलायत गएका थिए ।

६० वर्ष पहिले उनले त्यो पङ्तिमा दिएको सन्देश कसैले बुझिदिएन । एउटै मात्र सन्देश के थियो भने ‘घर आँगनमा मात्र हैन जङ्गलमा पनि फोहोर गर्न हुँदैन ।’

४७ वर्षे पत्रकारिता जीवनमा २२ वर्ष प्रत्यक्ष पत्रकारिता र बाँकी २५ वर्ष अरूका लागि लेख्ने काम गरिएछ । २५ वर्षमा लेखिएका लेखको संख्या एक हजारभन्दा नघट्ने अडकल गरेको छु । हजार लेखले २५ थान पुस्तक हुन्छ । लेखियो तर न पुस्तक बन्यो न अभिलेख रह्यो न कुनै प्रकाशन सँस्थाले धन्यवाद नै भन्यो । तर घरिघरी के चाहिँ भनिरह्यो भने ‘खै आजभोलि त लेख्नै छोड्नु भयो त ! पठाउनै छोड्नु भयो त ! किन अल्छी हुनु भयो ?’

हामीले आजसम्म पनि त्यो सन्देश मनन गर्न सकेनौं । त्यसैले त डेढ करोडको निजी गाडी चढ्छौँ । अनि पानी खाएका बोतलहरू झ्याल खोलेर गुडिरहेको गाडीबाट बाहिर हुत्याउँछौँ । पुस्तक पढेर मात्र ज्ञान हुँदैन, धन कमाएर मात्र मान हुँदैन । ज्ञान र मान त मान्छेको चरित्रमा निहीत हुन्छ । लेखेको कुरा मान्छेले पढ्छ र मनन गर्छ भन्ने विश्वास साँगुरिएर थोरै भएको छ आजभोलि ।

ताना शर्माको त्यति छोटो सन्देश त मनन गरेन हाम्रो समाजले, हाम्रो सन्देश कसले मनन गर्ला र ! तथापि, बौद्धिक शोषणको विषय उठाउनैपर्छ भन्यो मनले ।

लेखकले लेख्छ र पुस्तक प्रकाशन गर्छ अनि पुस्तक पसललाई दिन्छ । दुईचार महिनापछि जान्छ र सोध्छ बिक्री भयो ? भएको छैन पसलेले भन्छ । त्यसो भए फिर्ता देउ लेखक भन्छ । गोदाममा कहाँ छ भेटिदैँन भन्छ विक्रेता । अनि मनमा प्रश्न उठ्छ बौद्धिकताको शोषण गर्ने नेपालजस्तै मुलुक अर्को छ कि छैन होला ? त्यसैकारण मैले पचास रुपैयाँको कुरा उठाएको हुँ । छापा तथा अनलाइन सबै प्रकाशन संस्थाहरूलाई आग्रह छ तपाईँ एउटा लेखको पचास रुपैयाँ मात्र दिनुहोस् जसले गर्दा मैले सित्तै लेख लिएर बौद्धिक शोषण गरेको छैन भन्ने गर्व गर्न सक्नुहोस् र लेखकले पनि म निःशुल्क कमारो हैन संस्थाले पैसा दिन्छ भन्ने अनुभूति गर्न सकोस् । व्यावसायिक पत्रकारिताको कुरा गर्ने, समानता र स्वाभिमानको वकालत गर्ने अनि समानुपातिक वितरणको पक्षमा कलम चलाउने आजको पत्रकारिताले यति त गर्नु पर्छ नि !

४७ वर्षे पत्रकारिता जीवनमा २२ वर्ष प्रत्यक्ष पत्रकारिता र बाँकी २५ वर्ष अरूका लागि लेख्ने काम गरिएछ । २५ वर्षमा लेखिएका लेखको संख्या एक हजारभन्दा नघट्ने अडकल गरेको छु । हजार लेखले २५ थान पुस्तक हुन्छ । लेखियो तर न पुस्तक बन्यो न अभिलेख रह्यो न कुनै प्रकाशन सँस्थाले धन्यवाद नै भन्यो । तर घरिघरी के चाहिँ भनिरह्यो भने ‘खै आजभोलि त लेख्नै छोड्नु भयो त ! पठाउनै छोड्नु भयो त ! किन अल्छी हुनु भयो ?’

लेखकले लेख्छ र पुस्तक प्रकाशन गर्छ अनि पुस्तक पसललाई दिन्छ । दुईचार महिनापछि जान्छ र सोध्छ बिक्री भयो ? भएको छैन पसलेले भन्छ । त्यसो भए फिर्ता देउ लेखक भन्छ । गोदाममा कहाँ छ भेटिदैँन भन्छ विक्रेता । अनि मनमा प्रश्न उठ्छ बौद्धिकताको शोषण गर्ने नेपालजस्तै मुलुक अर्को छ कि छैन होला ? त्यसैकारण मैले पचास रुपैयाँको कुरा उठाएको हुँ । छापा तथा अनलाइन सबै प्रकाशन संस्थाहरूलाई आग्रह छ तपाईँ एउटा लेखको पचास रुपैयाँ मात्र दिनुहोस् जसले गर्दा मैले सित्तै लेख लिएर बौद्धिक शोषण गरेको छैन भन्ने गर्व गर्न सक्नुहोस् र लेखकले पनि म निःशुल्क कमारो हैन संस्थाले पैसा दिन्छ भन्ने अनुभूति गर्न सकोस् । व्यावसायिक पत्रकारिताको कुरा गर्ने, समानता र स्वाभिमानको वकालत गर्ने अनि समानुपातिक वितरणको पक्षमा कलम चलाउने आजको पत्रकारिताले यति त गर्नु पर्छ नि !

हाम्रो बौद्धिक मूल्यलाई पचास रुपियाँमा झारिदियो भन्न सक्नुहुन्छ लेखक साथीहरूले, कान्तिपुर, गोरखापत्रबाट लेखकीय खर्च पाउनेलाई मन नपर्न सक्छ ।

तर मेरो कुरा के हो भने नितान्त अनुभूतिको लागि मात्र हो । दिनुपर्छ र लिनुपर्छ भन्ने चेतनाका लागि मात्र हो ।

यो पारिश्रमिक त हुँदै हैन । बौद्धिक पारिश्रमिक त झन हैन । यो पचास रुपैयाँ त कम्प्युटर टाइप गर्नेलाई दिनुपर्छ ।

उभ्रिगयो भने मोबाइल रिचार्ज गरेर, पठाएको छु मेल चेक गर्नु है भनेर सम्पादकलाई फोन गर्न काम लाग्छ, लेखकको गोजीमा जाने रकम हैन त्यो ।

Tags: #विचारकृष्ण अधिकारीटाकुरा विशेष
कृष्ण अधिकारी

कृष्ण अधिकारी

इटहरी निवासी अधिकारी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष हुन् । उनी टाकुरा न्यूजका लागि समसामयिक विषयमा विचार लेख्छन् ।

Related Posts

पूर्वमा चिया पर्यटन
FEATURE BREAKING

पूर्वमा चिया पर्यटन

by अर्जुन उप्रेती
भदौ २६, २०८३
0

इटहरी : पूर्वी नेपालका पहाडमा बिहानको कुहिरो बिस्तारै हट्दै जान्छ। हरिया चियाका बोटमा टल्किएका शीतका थोपा घामसँगै चम्किन थाल्छन। चियाका...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
टाकुरा विशेष

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    248 shares
    Share 99 Tweet 62
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.