आलोक खनाल
जहाँ सम्बन्ध हुन्छ वा आवश्यकता र बाध्यताको लेनादेना जोडिएको हुन्छ त्यहाँ प्रेम मात्रै हुँदैन । पेम आवश्यकता भन्दा पर र बाध्यता भन्दा अझै परको बिषय हो । बाध्यता र आबश्यकतामा भएका सबै सम्बन्धहरु प्रेम हुँदैनन् । सबै प्रेम पनि सम्बन्ध हुँदैनन् । यो निकै अन्र्तसम्बन्धित बिषय हो ।
म सँग सम्पर्कमा भएको एकजोेडीको जीवन गुजाराको सम्झौता भयो केही दिन अगाडी । सम्झौता अनौठो छैन । यहाँ विवाह आवश्यकता पुरा गर्ने दौरानमा बा हजुरबा सँग प्रेम भयो । प्रेम भयो र सम्बन्ध भयो । सम्बन्ध भयो र प्रेम भयो । यी दुवै धोकेबाज छन् । प्रेम भयो अव सम्बन्ध बाँधिनै पर्छ । नभए धोका हुँन्छ । धोबा त त्यतिबेला भइसक्यो कि जब प्रेम गर्दै गर्दा सम्बन्धको परिकल्पना गरियो । प्रेमले धोका दिएको होइन । परिकल्पनाले हो,सम्बन्धको । किनकी सम्बन्ध आवश्यकता र बाध्यताको परिपूर्ति गर्न बाँधिने परिपाटीमा अझै हामी गुज्रीरहेका छौँ ।
जहाँ प्रेम हुँन्छ,त्यहाँ वियोग हुँदैन । कुरा अनौठो छैन । मैले गुमाए कि वियोग हुँदैन प्रेममा । जहाँ वियोग हुँदैन,त्यहाँ पीडा हुँदैन । यसलाई प्रेमको उच्चता भनिन्छ । तर त्यो त्यती सजिलो पनि छैन कि वियोग हुँदैन । वियोग त भईहाल्छ । जस्तो कि अघिकै जोडीको कुरा गर्छु उनीहरुले जीवन गुजाराको सम्झौता गरे । म प्रेम गरे भनिरहेको छैन । उनीहरुले जीवन चलाउँने दौडाहामा अव चुम्बन र सम्भोग पनि गर्नेछन् । तर सम्झौतामा । यस बिषयमा रजनिश स्पष्ट बिचार दिन्छन् कि सम्भोगले मात्रै वा चुम्बनले मात्रै प्रेम दिदैँन । प्रेम कसैले दिएको उपहार पनि होइन । कसैले केही दिन्छ भने पिडा हुन्छ । जस्तो कि प्रेमिकाले शरीर दिन्छिन् । अव पिडा शरीर दिन नसकेका समय हुँन्छ । प्रेमिकाले हरेक दिन चक्लेट दिन्छिन् विहानै । कुनै दिन उनले चक्लेट दिइनन् भने पीडा हुन्छ । किनकी यहाँ प्रगतिको वियोग भएको छ । पदार्थ प्राप्तीमा प्रेम हुँदैन । सम्बन्ध हुन्छ ।
म अघिकै जोडीलाई अघि बढाउँछु उनीहरुले आपसमा जीवनभर जीवन मिलाउँने देखेका थिए । यो प्रेम सपना प्रेम मात्रै हो । सपना त हामीलाई थाहा छ कि चाँडै टुट्ने वाला छ । गन्तब्य प्रेमको हुनुपथ्र्यो । गन्तब्य सपनाको भईदियो । सपनाको पनि श्रृखंला हुन्छ कि यो एकपछि अर्को चुलिदैँ र आवश्यकताको माग गर्दै जाने प्रकृति को हुँन्छ । जब एउटा श्रृखंला टुट्यो पिडा हुुन्छ । प्रेमले कहिले पनि पिडा दिदैँन । प्रेमको श्रृखंला टुट्दैन । निरन्तर विकाश हुने बिषय हो प्रेम । तर पिडितहरु प्रेम टुटेको ठानेर आँशु बगाउँछन् । वास्तवमा आँशुहरु सहयात्राको अभावमा बगिरहेछन् । सम्बन्धको अभावमा । आवश्यकता र सपनाको अभावमा बगिरहेछन् । प्रेमका लागी बग्ने आँशु पिडाको हुँदैन ।
यदी यहि जोडी फुट्यो भने हामी धोका वा अविश्वास भन्छौँ । फुट्नु प्रेमको बिषय होइन । माटाको हाडी फुट्यो । यसको अर्थ हाडी फुट्यो एउटा आकार फुटेको छ यहाँ पिडा हाडी फुटेको हुनु स्वभाविक हो । संरचना टुट्यो । तर हाडी फुट्नु पनि स्वभाविक हो । जो बन्धनमा हुँन्छ । त्यो कुनैदिन अवश्य फुट्नेवाला छ । विवाह गरेकाहरु बन्धनमा छन् ति फुस्कनु स्वभाविक हो । तर हामी वियोग भन्छौँ र पिडामा उम्लन्छौँ । वियोग भएकै छन् । हाडी फुटेपछि पनि हाडीभरीको माटो छ । माटो आत्मा हो । हाडीको संरचनाका लागी त्यो माटो अव गमलामा राखे पनि टुट्नेवाला छैन । त्यही माटोलाई आधा आधा बनाएर अलग अलग हाडी बनाएपनि माटो त माटो नै छ । अर्थात् माटो हाडी हैन, हाडी माटो हो । प्रेम यही हो कि त्यो माटो हो । अर्थात् आत्मा हो । सबै आत्माहरु प्रेममा आँउदै गएपछि आत्मिक प्रेमको स्थापना हुन्छ । अव सम्बन्ध मरहन सक्छ । आपसका आवश्यकता र सपनाहरुमाथी विश्वासघात हुन सक्छ । प्रेममा त्यो हुदैन ।
अर्को्तिर प्रेमको संज्ञा दिएर टुटेको सम्बन्धका लागी सुर्ता गरिरहनु या पुरा नभएको आवश्यकतालाई लिएर त्यसैका सम्झनामा जिउँनु प्रेम जीवन हुँदैन । जस्तो की हाडीबाट धुलाम्य भएको माटोमा गुलावको विउ उमारिदियो भने फुटेकै माटोमा गुलाव फुल्छ । संरचनामा प्रेम मात्रै नहुने भएकाले खासमा घात भएको अनुभूति आउने गर्छ । वियोगको अनुभूति हुँन्छ । विशुद्ध प्रेम यो नबुझेकाहरु प्रमीकाको घरको बाटोमा तबसम्म मात्रै हिड्छन् । तबसम्म उसको आवश्यकता पुरा गरिदिन्छे । यो कुनै प्रेम होइन । प्रेम गर्नुनै घात भइसकेको छ । घातैघातमा पनि हुनसक्छ । चुम्बन यो सडकको किनारामा उभिएर स्टबेरी खानुजति पनि महत्व छैन । सम्बन्ध,आस्था र ब्यवहार अलग भएर पनि प्रेमको उत्कृष्ट रहन्छ । त्यो नै आखिरी प्रेम हो । यहाँ अलग अलग चौतारीमा अलग दिशामा फर्किएर पनि आत्मिक स्वाभिमानको दृष्टिबिन्दु केन्द्रमा रहन्छ । जीवनालाइए जहाँ जसरी राख तर प्रेममा राख । बरु थुकमात्रै निल तर प्रेमसँग निल । शरीरका हुन्छ । जव प्रेमको उत्कृष्टता शरीरमा भन्दा माथी उठ्दैन । सम्बन्ध भन्दा माथी जाँदैन । सम्बन्ध र शरीर समाज चलाउन हो । त्यसलाई प्रयोग गर्ने तरिकाहरु अलग अपनाउनु वियोग हैन । यसलाई पिडाको स्रोत बनाउनु पनि प्रेम होइन । प्रेम त त्यो हो जहाँ सम्बन्ध नहुँदा पनि वा अलग रहँदा पनि आनन्दमा बाँचिन्छ । र प्रेम गरेकालाई प्रेम बाहेक कुनै पनि वस्तु समस्त प्राप्ती गतिरोध आदीसँग जोडिदैँन ।
Discussion about this post