सुरेश कार्की
छोडेर जानेमध्ये कसैलाई यति धेरै माया किन दिनुपर्छ ?
जसलाई बिर्सिनको लागि त श्वाश फेर्न बिर्सिनुपर्छ।
मन जलाउने नै भए मलाई एकछिन सम्झेर जलाउ,
एक मृतक जलाउनु अघि त एक मिनेट सम्झिनुपर्छ।
झरीमा म बिरामी भईहाले दबाई लिन सिन्दुर नलगाई जानू,
फेरि म नमरी यो असती झरीबाट सिन्दुर पखालिनुपर्छ।
बानी राम्रो भए काफि हुन्छ मेरो गाँउमा राम्रो बन्नलाई,
हजुरको शहरमा त राम्रो बन्न डमिले पनि सजिनुपर्छ।
Discussion about this post