धरान : धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ । साँझ ७ बजेसम्मको मतपरिणाम अनुसार धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङले अग्रता लिएका छन् । उनले चुनाव चिह्न लौरो पाएका थिए ।
धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार हालसम्म ३२,७२३ मत गणना भएको छ । जसमध्ये स्वतन्त्र उम्मेदवार साम्पाङलाई ६ सय मतान्तरको अग्रता छ । साम्पाङले हालसम्म ९,१४० मत पाएका छन् ।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ८,५२० मत पाएका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले ६,९३३ मत प्राप्त गरेकी छन् ।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका आइन्द्रविक्रम बेघाले ९,६८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम लिम्बूले ९,३५१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पार्दै अग्रता लिएका साम्पाङले धाँधली समेत हुनसक्ने भएकाले निगरानी गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘जनताले दिएको मत हाम्रोतर्फ हुँदै जादा यहाँनेर दलका साथीहरुले धाँधली गर्न सक्ने स्थिति आएको छ, धरानका मतदाताहरूले यहाँ आउन जरुरी छ ।’














Discussion about this post