धरान : धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाउँदै लगेका छन् ।
हालसम्म ४०,७९७ मतगणना हुँदा साम्पाङले १२,५३४ मत पाएका छन् । यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ११,०८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले ९,०१० मत प्राप्त गरिन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट माओबादी केन्द्रका आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १२,८०२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम लिम्बूले १२,१२८ मत प्राप्त गरेका छन् ।
१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ नम्बर वडाको मतपरिणाम घोषणा भइसकेको छ भने वडा नम्बर ११,१३ र १५ वडाको मतगणना जारी छ ।
१६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ। २० नम्बर वडाको भने मतगणनामा विवाद पछि मतगणना नतिजा घोषणा गर्न बाँकी रहेको छ।














Discussion about this post